४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

अफगानिस्तानले बंगलादेशलाई हरायो



एजेन्सी ।
अरलाउन्डर रसिद खानले सनसनीपूर्ण प्रदर्शन गरेपछि एसिया कपमा अफगानिस्तानले बंगलादेशलाई १३६ रनको विशाल अन्तरले पराजित गरेको छ । यो जित संगै अफगानिस्तान समूह बी को विजेता पनि बनेको छ । लगाातार दोश्रो जित हासिल गर्ने क्रममा अफगानिस्तानका रसिद खानले नटआउट ५७ रन जोड्दै २ विकेट हात पारे ।
अफगानिस्तानले दिएको २५६ रनको लक्ष्य पछ्याएको बंगलादेश ४२.१ ओभरमा ११९ रनमा अलआउट भएको थियो । बंगलादेशका लागि शकिब अल हशनले ४ विकेट लिए पनि जित दिलाउन सकेनन् ।
अफगानिस्तान र बंगलादेश समूह बी बाट सुपर फोरमा पुगिसकेको छ । समूह ए मा दुई खेल जितेको भारत समूह विजेता र पाकिस्तान उपविजेता हुँदै सुपर फोर पुगेको हो । अब सुपर फोरमा यी चार टिमले एकआपसमा खेल्नेछ र धेरै अंक जोड्ने दुई टोली फाइनल पुग्नेछन् ।

प्रकाशित मिति : ५ आश्विन २०७५ शुक्रबार ००:००  २ : ३७ बजे