१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सामुदायिक विद्यालयमा पहिलो पटक इन्जिनियरिङ विषयको पढाइ शुरु



पाल्पा ।
पाल्पा जिल्लाको ग्रामीण क्षेत्र अन्तरगत पर्ने रैनादेवी छहरा गाउपालिकाको कालिका सामुदायिक विद्यालयले पहिलो पटक तीन वर्षे सिभिल इञ्जिनीयरिङ विषयको पढाइ शुरु भएको छ ।
गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले सिभिल इञ्जिनीयरिङ विषयको अध्ययनले दक्ष जनशक्ति उत्पादनमा सहज हुने र बढ्दो बेरोजगार समस्या पनि समाधान हुने बताउनुभयो ।
यस वर्ष प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद्बाट विद्यालयले सिभिल इञ्जिनीयरिङ विषय सञ्चालन गर्ने अनुमिति पाएपछि पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक जनार्दन पाण्डेयले जानकारी दिनुभयो ।
उहाँले प्राविधिक शिक्षा अध्ययनका लागि गाउँपालिका भन्दा बाहिर सदरमुकाम धाउनुपर्ने बाध्यता हटेकोे बताउनुभयो ।

प्रकाशित मिति : ६ आश्विन २०७५ शनिबार ००:००  ११ : २२ बजे