१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वाणगंगामा अण्डा उत्पादक कृषक संघ गठन



दीपा महत, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा पहिलो पटक अण्डा उत्पादक कृषक संघको गठन गरिएको छ । वाणगंगा नगरपालिका भित्र रहेका अण्डा उत्पादक कृषक समुहको उपस्थितीमा सो समितीको गठन गरिएको हो । शनिबार जीतपुरमा बसेको बैठकले आत्माराम बेल्वासेको अध्यक्षतामा ११ सदस्यीय समिती गठन गरेको हो ।
समितीको उपाध्यक्षमा राम प्रसाद पौडेल, सचिवमा भुवन पोख्रेल, सहसचिवमा बाबुराम पौडेल, कोषाध्यक्षमा कृष्ण प्रसाद आचार्य रहनुभएको छ । साथै समितीको आज बसेको बैठककले अण्डाको मूल्य निर्धारण गरेको छ । जस अनुसार ठूलो अण्डाको मूल्य २२ सय प्रति पेटी त्यसैगरी सानो अण्डाको मुल्य प्रति पेटी १८ सय ५० निर्धारण गरिएको छ । समितीले निर्धारण गरेको मूल्य भन्दा कम वा बढीमा बेचे कारवार्ही हुने समितीका कोषाध्यक्ष कृष्ण प्रसाद आचार्यले बताउनुभयो । बैठक सहसचिव बाबुराम पौडेलको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७५ आइतबार ००:००  १२ : ५५ बजे