५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

को पुग्ला फाइनलमा ? पाकिस्तानले बदला लिन सक्ला त ?



मायादेवी अनलाइन, काठमाण्डौं ।
एसिया कप क्रिकेटमा आज फेरि भारत र पाकिस्तान भिड्दैछन । समूह चरणमा भएको खेलमा पाकिस्तान भारतसंग पराजित भएपछि यी दुई देशबीच फेरि प्रतिष्ठाको लडाई हुँदै छ । बेलुकी सवा पाँच बजे दुवईमा हुने खेल केवल खेलमा सिमति हुँदैन, यसले दुई देशको राजनीतिलाई पनि छुन्छ र राष्ट्रसंग जोडिन्छ ।
आज पराजित हुने टोली सोझै घर फर्कने र विजयी टोली उपाधि नजिक जाने हुनाले यो खेललाई निकै महत्वका साथ हेरिएको छ । भारतले आज पनि पाकिस्तानलाई पराजित गरी आफ्नो दबदबा कायम गर्न चाहान्छ भने पाकिस्तान पहिलो खेलमा भोगेको पराजयको बदला लिन चाहान्छ ।
अफगानिस्तान र बंगलादेश पनि आजै भिड्दै
आज नै सूपर फोरमै अफगानिस्तान र बंगलादेश भिड्दैछन । यी दुईबीचको खेल आवुधावीमा बेलुकी सवा पाँच बजे शुरु हुनेछ । सूपर फोरको पहिलो खेलमा बंगलादेश भारतसंग र अफगानस्तान पाकिस्तानसंग पराजित भएका थिए । सूपर फोरका अन्तिम खेलमा भने पर्सि भारत र अफगानस्तान तथा पाकिस्तान र बंगलादेश प्रतिस्पर्धा गर्नेछन। शीर्ष दुईमा रहने टोलीबीच पाँच दिनपछि उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०७५ आइतबार ००:००  ३ : ०४ बजे