५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रिमियर लिग – सिटी दोश्रो स्थानमा, युनाइटेडको बराबरी



एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लँदा युनाइटेड भने बराबरीमा रोकिँदै पाँचौ स्थानमा पुगेको छ ।
पाँचौ चरणसम्म तेस्रो स्थानमा रहेको सिटीले गय रातिको खेलमा कार्डिफमाथि ५–० को जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको हो । आजको नतिजासँगै एक खेल कम खेलेको चेल्सी शीर्ष स्थानबाट तेस्रो स्थानमा आइपुगको छ ।
६ खेलमध्ये सिटीले ५ मा जित र एउटामा बराबरी गर्दै १६ अंक पुर्याएको छ ।५ खेलमा शतप्रतिशत जित निकालेको चेल्सी १५ अंकसहित तेस्रो स्थानमा आएको हो । लिभरपुल ६ खेलमा शतप्रतिशत जित हात पार्दै १८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

यता म्यानचेस्टर युनाइटेड र उल्भरह्याम्पटन एक–एक गोलको बराबरीमा रोकिएका छन् । वर्ल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोली युनाइटेडले पहिलो हाफको १८ औं मिनेटमा लिएको अग्रता दोस्रो हाफमा जोगाउन नसक्दा स्पष्ट दुई अंक गुमाउन बाध्य भयो । बराबरीसँग युनाइटेड लिग तालिकाको पाँचौ स्थानमा आइपुगेको छ भने उल्भरह्याम्पटन दशौं स्थानमा छ ।

प्रकाशित मिति : ७ आश्विन २०७५ आइतबार ००:००  ३ : ०६ बजे