५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नेपाल र मलेसिया ४–४ गोलको बराबरी



एजेन्सी ।

एएफसी यू – १६ महिला च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपाल र मलेसियाले ४ – ४ गोलको बराबरी खेलेका छन् ।

हल्चोकमा रहेको एपीएफ क्लबको मैदान मलेसियाले लिएको सुरुवाती अग्रता उल्टाएर नेपालले बराबरी गर्दै अंक जोडेको हो  ।

नेपालका लागि कप्तान प्रिती राई, सुस्मा तामाङ र सबिता रानामगरले एक एक गर्दा एक गोल उपहार पायो । मलेसियाको लागि हेल्मा इम्लीले २ गोल गरिन भने नरुल नबिलाले एक गोल थपिन्  ।

यससँगै छनोटको समूह ‘ई’ मा रहेको नेपालले एक खेल पनि नजितेर प्रतियोगिताबाट बाहिरीएको छ ।

पहिलो खेलमा फिलिपिन्ससंग ४ – ० ले पराजित भएको थियो नेपाल दोस्रो खेलमा म्यानमारसंग ११ – १ ले पराजित भएको थियो ।

यो प्रतियोगिताबाट म्यानमारले दोस्रो चरणको यात्रा तय गरेको छ । समूह चरणको अन्तिम खेलमा आइतबार फिलिपिन्सलाई ५ – १ ले हराएर म्यानमार पहिलो भएको हो ।

उसले ३ खेलबाट ९ अंक जोड्दै अपराजित रह्यो । यस्तै ३ खेलबाट ६ अंक जोडेको फिलिपिन्सले उपविजेता बन्यो ।

दोस्रो चरणको छनोटबाट चौथो हुने टोलीसम्मले थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिप खेल्न पाउनेछन ।

८ देशको सहभागिता हुने प्रतियोगितामा आयोजक थाइल्याण्डसहित, जापान,  दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि छनोट भईसकेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७५ आइतबार ००:००  १ : ५० बजे