५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

एसिया कप – पाकिस्तान भारत संग फेरी पराजित



एजेन्सी । 

एसिया कप क्रिकेटमा भारत फाइनलमा प्रवेश गरेको छ । गए राती भएको सुपर फोरको खेलमा पाकिस्तानलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । भारत पाकिस्तानमाथि ९ विकेटको जित दर्ता गर्दै ४ अंक सहित शीर्ष स्थानमा छ ।

पहिलो खेलमा भारतले बंगलादेशलाई पराजित गरेको थियो । युएईको दुबईमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धा्तिर ओभरमा ७ विकेट गुमाएर २३७ रन बनाएको थियो । २३८ रनको लक्ष्य भारतले ३९.३ ओभरमा मात्र एक विकेट गुमाएर भेटाएको थियो ।

भारतलाई जिताउन शिखर धवन र कप्तान रोहित शर्माले २१० रनको ओपनिङ साझेदारी गरेका थिए । शिखरले ११४ रन बनाउँदा कप्तान रोहित १११ रनमा नट आउट रहे । यसैगरी अम्वाती रायडु १८ रनमा नट आउट रहे । शिखर धवनको करियरको २६औं तथा एसिया कपको दोस्रो शतक हो ।

यसैगरी रोहितले १९ औं तथा एसिया कपमा पहिलो शतक बनाएका छन् । सुरुमै जिवन दान पाएका रोहितले त्यसको पुरै फाइदा उठाउँदै एकदिवसीय क्रिकेटमा ७ हजार रन पनि पूरा गरेका छन् । एसिया कपको अन्तिम सुपर फोरको खेल मंगलबार हुने छ । त्यसमा भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति : ८ आश्विन २०७५ सोमबार ००:००  ३ : ०२ बजे