५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

ला लिगा – लेभान्टेमाथि सेभिल्लाको फराकिलो जित



एजेन्सी ।
विसम वेन इडरको ह्याट्रिकको मद्दतले स्पेनिस ला लिगामा सेभिल्लाले लेभान्टेमाथि ६–२ को फराकिलो जित निकालेको छ । गए राति भएको खेलमा घरेलु मैदानमा लेभान्टेमाथि जित निकाल्न विसम वेन इडरको ह्याट्रिक गर्दा डेनियल कारिको, आन्ड्रे शिल्भा र पाब्लो सर्बियाले एक गोल गरेका थिए । रोजर साल्भाडोर र मोसेस सिमोनले एक एक गोल फर्काएका थिए ।
११औं मिनेटमा विसन वेल इडरले गोल गर्दै सेभिल्लालाई शुरुआती अग्रता दिलाएका थिए । तर त्यसको १ मिनेट पछिनै लेभान्टेका लागि रोजर साल्भाडोरले बराबरी गोल गरेका थिए । २१ औं मिनेटमा डेनियल कारिकोले सेभिल्लाका लागि दोस्रो गोल गरेका थिए ।
३५ औं मिनेटमा बेन इडरले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।उनैले ४४ औं मिनेटमा ह्याट्रिक पुरा गर्दा सेभिल्ला ४–१ को अवस्थामा पुगेको थियो ।
४९ औं मिनेटमा आन्ड्रे सिल्भाले गोल गरेपछि ५ –१ मा पुगेको सेभिल्लाका लागि छैटौं गोल पाब्लो सर्वियाले ५९ औं मिनेटमा गरेका थिए । तर ९० औं मिनेटमा लेभान्टेका लागि मोसेस सिमोनले एक गोल फर्काउँदा सेभिल्ला ६–२ गोल अन्तरले पराजित भयो ।

प्रकाशित मिति : ८ आश्विन २०७५ सोमबार ००:००  ३ : ११ बजे