५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बार्सिलोना जिरोनासँग बराबरीमा रोकियो



एजेन्सी ।
स्पेनिस लिग ला लिगा अन्तर्गत साविक विजेता बार्सिलोनाले जिरोनासँग अप्रत्यासित बराबरी खेलेको छ । घरेलु मैदान नाउ क्याम्पमा लियोनल मेसी प्रेरित बार्सिलोनाले जिरोनासँग २–२ गोलको बराबरी खेलेको हो ।
यसै सिजन सेभियाबाट बार्सिलोनामा अनुबन्ध भएका क्लेमेन्ट लेङलेट खेलको ३५औं मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि १० खेलाडीमा समेटिएको बार्सिलोनाले त्यसपछि जिरोनाविरुद्ध संघर्ष गर्नुपरेको थियो । यसअघि खेलको १९ औं मिनेटमा एलेक्स भिडालको पासमा लियोनल मेसीले गोल गरेका थिए ।
तर, बार्सिलोना १० खेलाडीमा समेटिएपछि बार्सिलोनाले २ गोल खायो । ४५औं र ५१औं मिनेटमा क्रिष्टियन स्टुआनीले गोल गरी जिरोनालाई अग्रता दिलाए । तर, ६३औं मिनेटमा जेरार्ड पिके गोल गरी बार्सिलोनालाई सिजनको पहिलो हारबाट जोगाए ।
लिगमा पाँच खेलको समाप्तिमा बार्सिलोनाको १३ अंक छ । रियल मड्रिडको पनि समान १३ अंक नै भए पनि गोलअन्तरका आधारमा पछि छ ।

प्रकाशित मिति : ८ आश्विन २०७५ सोमबार ००:००  ३ : १२ बजे