१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

फुटवलमा मेस्सी र रोनाल्डोको सिण्डिकेट तोडियो



मायादेवी अनलाइन, एजेन्सी ।
विश्व फुटवलमा १० बर्षदेखि रहि आएको मेस्सी र रोनाल्डोको दबदबामाथि यस वर्षदेखि पूर्णविराम लागेको छ । रुसमा सम्पन्न विश्वकप फुटवलमा क्रोएसियालाई उपविजेता बनाउन सफल लुका मोडरिकले फिफा उत्कृष्ट खेलाडी जितेपछि मेस्सी र रोनाल्डोको दबदबा तोडिएको हो । रोनाल्डो र मेस्सीले गत १० बर्षसम्म आलोपालो गरी फिफा वर्ष खेलाडीको अवार्ड हासिल गर्दै आइरहेका थिए ।
मोडरिकले रोनाल्डो र मोहम्मद सलाहलाई पछि पार्दै उपाधि जितेका हुन् । उनले स्पेनिस क्लब रियल मड्रिडलाई च्याम्पियन्स लिगको च्याम्पियन बनाउन महत्वपूर्ण सहयोग गरेका थिए । महिलातर्फ ब्राजिलकी मार्टाले उत्कृष्ट खेलाडीको अवार्ड जितिन् । फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका डिडियर डेसच्याम्प उत्कृष्ट प्रशिक्षक घोषित भए भने उत्कृष्ट गोलका लागि पुस्कास अवार्ड मोहम्मद सलाहले पाएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७५ मंगलबार ००:००  २ : ३८ बजे