१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सन्दिपको छलाङ जारी, फेरी टी टेन क्रिकेट खेल्दै



एजेन्सी ।
सन्दीप लामिछानेले टी टेन क्रिकेट पनि खेल्ने भएका छन् । उनी डिफेन्डिङ च्याम्पियन केरला किंग्सबाट खेल्ने पक्का भएको छ । नोभेम्बरमा यूएईको सारजाह क्रिकेट मैदानमा हुने टी टेन क्रिकेट प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ । सन्दीपको टिममा इयान मोर्गन कप्तान रहेका छन् भने क्रिस गेल, सोयव तनवीर, किरन पोलार्ड, पल स्टर्लिङ, दासुन संखा, जुनेद खान र टम कुरान पनि रहेका छन् ।
अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मान्यता दिइसकेको यस प्रतियोगिताको दोस्रो संकरण हो ।पहिलो पटक ४ दिनमा सकिएको टी टेन क्रिकेट दोस्रो संस्करण सकिन १० दिन लाग्ने छ । गएको वर्ष भएको प्रतियोगितामा केरला किंग्सले उपाधि जितेको थियो भने त्यतिबेला जम्मा ६ टिमले सहभागिता जनाएका थिए ।यस वर्ष आयोजना हुने टी टेन क्रिकेटमा ८ टिमले सहभागिता जनाउँदैछन् ।

प्रकाशित मिति : ९ आश्विन २०७५ मंगलबार ००:००  २ : ५४ बजे