१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विश्व क्रिकेटको पावर हाउस भारतलाई अफगानिस्तानले कसरी रोक्यो ?



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
विश्व क्रिकेटको पावर हाउस भारतलाई अफगानिस्तानले कडा टक्कर दिएको छ । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा अफगानिस्तानले भारतलाई बराबरीमा रोकेपछि भारतीय खेलाडी निरास भएका छन् । पछिल्ला समय विश्व क्रिकेटमा सनसनी मच्चयाइरहेको अफगानिस्तानले भारतलाई बराबरीमा रोकेपछि अफगानिस्तान पनि विश्वको बलियो टोली सावित भएको छ ।
पहिला ब्याटिङ गर्दै अफगानिस्तानले भारतलाई २५३ रनको लक्ष्य दिएको थियो ।भारतविरुद्ध अफगानिस्तानका मोहम्मद शहजाद शतकीय पारी खेले । उनले १२४ रन बनाउँदा मोहम्मद नबीको ६४ रनको मद्दतले अफगानिस्तानले निर्धा्रित ओभरमा ८ विकेट गुमाउँदै २५२ रन बनाएको थियो । तर भारत ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५२ रनमै रोकिएपछि खेल बराबरीमा सकिएको हो ।
रसिद खान अन्तिममा चम्किए
भरतलाई बराबरीमा रोक्न विश्व स्तरिय स्पिन बलर रसिद खानको भूमिका महत्वपूर्ण भयो । उनले अन्तिममा रविन्द्र जडेजालाई चड्काएपछि भारत अन्तिममा स्तब्ध हुन पुग्यो ।
अन्तिममा जम्मा १ विकेट हात रहेको अवस्थामा भातरलाई अन्तिम ओभरमा जित्नका लागि ७ रनको आवश्यकता थियो । गर या मरको स्थितिमा बलिङ गर्न आएका राशिद खानले ६ रन दिएर रबिन्द्र जडेजाको विकेट लिएपछि भारत २५२ रनमै रोकियो । ७ रन चाहिएका बेला जडेजाले दोस्रो बलमा चौका प्रहार गर्दै भारतलाई जित नजिक लगेका थिए ।
तेस्रो बलमा एक रन लिएपछि खालील अहमदले चौथो बलमा एक रन लिएका थिए । अन्तिम दुई बलमा १ रन बनाउँन भारत असफल भयो ।
भारतका जडेजा पाँचौ बलमा क्याच आउट भएपछि खेल बराबरीमा सकिएपछि अफगानिस्तानले एसिया कपलाई झनै रोचक बनाएको हो । बराबरीपछि पनि भारतलाई कुनै असर परेको छैन । किनभने ऊ फाइनल पुगिसकेको छ । अफगानिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ । अब शुक्रबार भारतले उपाधिका लागि बंगलादेश र पाकिस्तानको विजेतासँग प्रतस्पर्धा गर्ने छ ।

प्रकाशित मिति : १० आश्विन २०७५ बुधबार ००:००  २ : ११ बजे