१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

फिफा वर्ष खलोडी मोर्डिक र मेस्सीको टिम रियल र बार्साको हार



एजेन्सी ।
स्पेनिस ला लिगाका शीर्ष टोलीहरु बार्सिलोना र रियल मड्रिडले आ–आफ्नो खेलमा अप्रत्यासित पराजय ब्यहोरेका छन् । ला लिगामा एकै दिन दुवै टोली पराजित भएको सन् २०१५ पछि पहिलो पटक हो ।
गएराति भएको खेलमा रियल मड्रिडले सेभियासँग ३–० को पराजित भयो भन लेगानेसले शीर्ष स्थानमा रहेको बार्सिलोनालाई २–१ गोलले हरायो । बार्सिलोनाले अग्रता लिएर पनि जोगाउन सकेन ।
पराजय पछि पनि बार्सिलोना र रियल मड्रिड समान ६ खेलबाट समान १३ अंकसहित लिगको शीर्ष र दोस्रो स्थानमा छन् । सेभिया १० अंक सहित अंकतालिकाको चौथो स्थानमा पुगेको छ भने लेगानेस पनि महत्वपूर्ण तीन अंक जोडेर लिगको १७ औं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७५ बिहिबार ००:००  ३ : ३१ बजे