१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पिएसजी र चेल्सीको जित, लिभरपुलको हार



एजेन्सी ।
फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट–जर्मेन, पिएसजीले फ्रेन्च लिग वान फुटबलमा लगातार सातौँ जित दर्ता गरेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा पिएसजीले रिम्सलाई ४–१ ले हराउँदै लिगमा यो सिजनको सातौँ जित निकालेको हो । पिएसजिको जितमा काभानीले २ तथा नेइमार र मुनियरले एकएक गोल गरेपछि पिएसजी ४–१ ले विजयी भयो ।
उता यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएको टिम लिभरपुललाई कारबाओ कपमा चेल्सीले हराएको छ । राति भएको खेलमा चेल्सीले लिभरपुललाई उसकै मैदानमा २–१ ले हराएको हो ।
चेल्सीको जितमा हाजार्ड तथा पाल्मिएरीले गोल गरेका थिए । जितसँगै चेल्सी चौथो चरणमा प्रवेश गरेको छ भने लिभरपुल बाहिरियो ।
अर्को खेलमा पेनाल्टीमा वाट्फोर्डलाई ४–२ ले हराउँदै टोटनह्याम पनि चौथो चरणमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७५ बिहिबार ००:००  ३ : ३२ बजे