१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गृहमन्त्री थापा आफ्नो गृह जिल्ला गुल्मी किन आउँदैछन ?



शिवलाल सुवेदी, गुल्मी ।
गृहमन्त्री रामबहादुर थापा वादल आफ्नो गृह जिल्ला गुल्मी आउँदै हुनुहुन्छ । द्धन्दकाल पछि पहिलोपटक गृहमन्त्री थापा शनिबार विहान आफ्नो जन्मथलो गुल्मीको वडागाउँ आउनु हुने भएको हो । लामो सयम पछि आफ्नो जन्मथलो आउन लाग्नु भएका गृहमन्त्री थापालाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।
विश्व मृटु दिवसको अवसर पारेर गुल्मी आउन लाग्नुभएको गृहमन्त्री आफ्नो जन्मथलो मुसिकोट नगरपालिका वडागाउँको तल्लो दजाकोट जाने कार्यक्रम रहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । गृहमन्त्री जिल्ला आउने भएपछि जिल्लाको सुरक्षा ब्यवस्था समेत कडा पारिएको छ । उहाको सुरक्षाका लागि जिल्लाका सवै सुरक्षा निकायहरु परिचालन भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
गृहमन्त्री सगै, मन्त्रीहरु, सशस्त्र प्रहरी प्रमुख, गृह मन्त्रालयका सचिव लगायत अन्य उच्च पदस्थ ब्यक्तिहरु समेत शनिवार गुल्मी आउने कार्यक्रम रहेको छ । गृहमन्त्रीले आफ्नो जन्मथलो वडागाउँमा पारिवारिक भेटघाट गर्ने र सदरमुकाम तम्घासमा विश्व मुटु दिवसको अवसरमा नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीले आयोजना गरिएको कार्यक्रम सहभागी हुने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७५ शनिबार ००:००  २ : ४५ बजे