१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सडक र सदनबाट आन्दोलन गर्ने कांग्रेस नेता खाँणको चेतावनी



भैरहवा ।

नेपाली कांग्रेसका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारको गलत क्रियाकलाप विरुद्ध सडक र सदन दुवै स्थानबाट आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

सरकारले जनताको हीतमा काम गर्न छाडेर अपराधी, भ्रष्टाचारी, दलालहरुको पक्षपोषण गरिरहेको आरोप लगाउँदै सडक र सदनबाटै त्यसको प्रतिकार गर्ने बताउनुभएको हो ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ रुपन्देहीबाट आयोजित कांग्रेसको ऐतिहासिक पृष्ठभुमि, सैद्धान्तिक पक्ष तथा स्थानीय जनप्रतिनिधिको भुमिका विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाणले यस्तो बताउनुभएको हो ।

यसबाहेक नेता खाणले मिडियाले कांग्रेसको समाचारलाई प्राथमिकता नदिएको उल्लेख गर्दै कतिपय आफूहरु बोलेका कुरा पनि नआएकाले कांग्रेसका कुरा जनतामाझ पुग्न नसकेको गुनासो गर्नुभयो ।

प्रकाशित मिति : १३ आश्विन २०७५ शनिबार ००:००  २ : २० बजे