१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

बंगबन्धु गोल्डकपको उपाधि उचाल्ला त नेपालले ?



मायादेवी अनलाइन ।

अघिल्लो संस्करण जितेको नेपाली राष्ट्रिय फुटवल टोली बंगबन्धु गोल्डकप खेल्नका लागि आज नेपाली बंगलादेश जाँदैछ ।

मंगलबारदेखि सुरु हुने प्रतियोगितामा नेपालको पहिलो खेल आगामी मंगलबार ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ भने २० गते प्यालेस्टाइनसँग खेल्नेछ ।

समूहमा तीन टिम रहेकाले एक खेल जित्न सकेको खण्डमा पनि सेमिफाइनलको यात्रा सहज हुनेछ । प्रतियोगिताको समूह चरणका खेलहरु सिलेतमा हुनेछन् भने सेमिफाइनल कक्स बजारमा संचालन हुनेछ ।

फाइनल भने राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा हुनेछ । दुई वर्षअघिको संस्करणमा उपाधि जितेको नेपालले यसपटक साफ च्याम्पियनसिप खेलेकै टिमलाई बंगलादेश पठाउँदैछ ।

यसमा  गोलकिपर किरण कुमार लिम्बु र रोहित चन्द भने विदेशी लिगका कारण टिममा छैनन् । किरणको स्थानमा विशाल श्रेष्ठ र रोहितको स्थानमा तेज तामाङ टिममा परेका छन् ।प्रतियोगिताको यो पाँचौं सस्करण हो ।

प्रकाशित मिति : १४ आश्विन २०७५ आइतबार ००:००  ३ : २३ बजे