१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

बंगबन्धु गोल्डकप डिफेन्डिङ च्याम्पियन नेपाल र ताजकिस्तानको भीडन्त



काठमाण्डौं ।
बंगबन्धु गोल्डकपको नयाँ संस्करण आजदेखि बंगलादेशमा सुरु हुँदै छ । डिफेन्डिङ च्याम्पियन नेपाल र ताजिकिस्तानबीच आज पहिलो खेल हुने छ । साँझ साढे ६ बजे सिलेट डिस्ट्रिक्ट रंगशालामा यी दुई टोली एक आपसमा भिड्ने छन् ।
२०१६ मा भएको प्रतियोगिताको चौथो संस्करणमा नेपालले बहराइनको यू–२३ टोलीलाई हराएर उपाधि जितेको नेपालले २ बर्षअघि सो कपको उपाधि उचालेकोले त्यसको साख जोगाउन आज जित्नै पर्ने दबाबमा खेल खेल्ने छ ।
‘ताजिकिस्तान सँग एएफसी एसियन कपको छनोट चरणमा खेलेको अनुभव भएकाले नेपालले उनीहरुको रणनीति बुझेर खेल खेल्नु पर्ने छ । ताजकिस्तान एसियाको एक राम्रो टोली भएकाले रुपमा रहेकाले नेपाललाई जित सहज हुने छैन । आजकोे म्याचमा ताजिकिस्तानसँग कसरी ३ अंक लिने वा बराबरी खेलेर कम्तिमा १ अंक लिने प्रयासमा नेपाली टोली हुने प्रशिक्षक बाल गोपाल महर्जनले बताउनुभयो ।
हालै सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको नेपालले बलियो मानिएका ताजिकिस्तान र प्यालेस्टाइनसँग समूह चरणमै प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रकाशित मिति : १६ आश्विन २०७५ मंगलबार ००:००  २ : १२ बजे