१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

जिल्ला स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिता सुरु



मायादेवी अनलाइन, वाणगंगा ।
वाणगंगा ३ राजापानीमा आजदेखि मुहान खुल्ला जिल्ला स्तरिय नकआउट फुटवल प्रतियोगिता सुरु भएको छ ।
सोमबारदेखि २७ गतेसम्म चल्ने प्रतियामेगिताको प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद पन्थीले राष्ट्रको विकासको लागि खेलकुदको महत्व उल्लेखनीय भएको बताउनुभयो ।
युवाहरुलाई सही बाटोमा मार्गदर्शन गर्न र उनीहरुलाई कुलतबाट मुक्त गर्न खेलकुद अचुक विकल्प भएको भन्दै सांसद पन्थीले हरेक क्षेत्रमा यस्ता खेलकुदका कार्यक्रम हुनपर्ने आवश्यकता औँल्याउनुभयो ।
वाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालले क्लवले आयोजना गरेको प्रतियोगितालाई आफूहरुले सक्दो सहयोग गर्ने बताउनुभयो । प्रतियोगीताको उद्घाटन सत्रमा बाणगंगा नगरका वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्री, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छवी रेश्मी, जिल्ला खेलकुद विकास संघका पदम प्रताप सेन लगायतले बोल्नु भएको थियो ।
मुहान युवा क्लवका अध्यक्ष प्रकाश सेनको अध्यक्षता, चन्द्रकान्त न्यौपानेको स्वागत र अशोक पौडेलको संचलानमा सम्पन्न उद्घाटन खेलमा आज आयोजक मुहान क्लब बी र वाणगंगा ३ को मोतीपुर युवा क्लव बीच प्रतिस्पर्धा भएको छ ।


जिल्लाभरका १६ टिमले सहभागिता जनाएको प्रतियोगितामा हरेक दिन २ खेल हुने छन । यसअघि हिजोको उद्घाटन खेलमा आयोजक मुहान बी लाई पराजित गरी मोतिपुरले विजयी सुरुवात गरेको छ ।
प्रतियोगितामा विजयी हुने टिमले नगद रु ५१ हजार शिल्ड र प्रमण पत्र प्राप्त गर्ने छ भने द्धितीय हुने टिमले ३५ हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट खेल खेल्ने खेलाडीहरुलाई विधागत रुपमा पुरस्कृत गरिने क्लवका अध्यक्ष प्रकाश सेनले बताउनुभयो ।

प्रकाशित मिति : १६ आश्विन २०७५ मंगलबार ००:००  २ : २० बजे