१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मुहान कपमा आज दुई खेल हुँदै



मायादेवी अनलाइन, कपिलवस्तु ।
वणगंगाा ३ राजापानीमा हिजोदेखि सुरु भएको मुहान खुल्ला जिल्लास्तरिय नकआउट फुटवल प्रतियोगितामा आज २ खेल हुँदै छन् । आजको पहिलो खेलमा दिउसो साढे १ बजे शान्ति समाज र भक्तौली युवा क्लव भीँड्ने छन् भने दोश्रो खेलमा दिउसो ४ बजे जनप्रिय युवा क्लव र सिउटीबीच प्रतिस्पर्धा हुने छ ।
यसअघि हिजोको उद्घाटन खेलमा आयोजक मुहान बी लाई पराजित गरी मोतिपुरले विजयी सुरुवात गरेको छ ।
असोज २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद रु ५१ हजार शिल्ड र प्रमण पत्र प्राप्त गर्ने छ भने द्धितीय हुने टिमले ३५ हजार शिल्ड र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
यस्तै प्रतियोगिता भर उत्कृष्ट खेल खेल्ने खेलाडीहरुलाई विधागत रुपमा पुरस्कृत गरिने क्लवका अध्यक्ष प्रकाश सेनले बताउनुभयो ।

प्रकाशित मिति : १६ आश्विन २०७५ मंगलबार ००:००  ४ : ०३ बजे