१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

बंगबन्धु गोल्डकपमा पहिलो खेलमा नेपाल पराजित



एजेन्सी ।

बंगबन्धु गोल्डकपको पहिलो खेलमा गत संस्करणको विजेता नेपालले ताजिकिस्तानसँग २–० गोल अन्तरले पराजय व्यहोरेको छ ।

बंगलादेशको सिलेट डिस्ट्रिक्ट रंगशालामा भएको खेलको २७औँ मिनेटमा नेपालको पेनाल्टी बक्समा अनन्त तामाङले ताजिकिस्तानका जर्सी नम्बर १० का खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

ताजिकिस्तानका कप्तान जर्सी नम्बर १८ का खेलाडी फाथ्खुल्लो फाथुएल्लोभले पेनाल्टीलाई गोलमा परिणत गर्दै नेपालविरुद्ध एक–शून्यको अग्रता बनाएका थिए ।

दोस्रो हाफको  ६८ औँ मिनेटमा ताजिकिस्तानका जर्सी नम्बर ९ का खेलाडी टुरीनोभ कोमरोनले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । नेपालले पटक पटक आक्रमणको प्रयास गरे पनि गोल भने गर्न सकेन ।

नेपालले आउँदो शनिबार प्यालेस्टाइनसँग खेल्नेछ । बुधबार नै भएको पहिलो खेलमा आयोजक राष्ट्र बंगलादेशले लाओसलाई एक शून्यले हराउँदै विजयी सुरुवात गरेको छ ।

 

प्रकाशित मिति : १७ आश्विन २०७५ बुधबार ००:००  २ : ४५ बजे