३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

महिला साफ च्याम्पयीयनसिप फुटबलमा नेपाल पराजित



काठमाडौैं ।  

भुटानमा जारी यु–१८ महिला साफ च्याम्पयीयनसिप फुटबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

हिजो भएको समूहको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको हो । बंगलादेशको जितमा मोसामत सिरत जाहान र श्रीमोती कृष्णरानीले गोल गरिन ।

नेपालकी रश्मी कुमारी घिसिङले एक गोल फर्काए पनि हार टार्न सकिनन । थिम्पुस्थित चालिमिथाङ रंगशालामा बंगलादेशले खेलको ११ औं मिनेटमा सिरत जाहानको गोलबाट अग्रता लिएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७५ बुधबार ००:००  २ : ५२ बजे