३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

रियल मड्रिड पराजित, युभेन्टसको जितमा डिबलाको ह्याट्रिक



एजेन्सी । 

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिड पराजित हुँदा इटालियन क्लब युभेन्टसले जित हात पारेको छ । इंग्लिस क्लब म्यान्चेष्टर युनाइटेड भने बराबरीमा रोकिएको छ ।

रियल मड्रिड रसियाको सीएसकेए मस्कोभासँग १–० ले पराजित भयो । रसियाको मस्कोमा भएको समूह चरणको खेलमा रियल मड्रिडले ७५ बल पोसेसन आफ्नो पक्षमा राखे पनि जित भने हात पार्न सकेन । निकोला भ्लासिचको दोस्रो मिनेटको गोल निर्णायक बन्दा साविक विजेता रियल मड्रिडले दोस्रो खेलमा पहिलो हार ब्यहोरेको हो ।

खराब फर्मबाट गुज्रिरहेको म्यान्चेष्टर युनाइटेड भने स्पेनिस क्लब भ्यालेन्सियासँग गोलरहित बराबरीमा रोकिएको छ । युनाइटेडको मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टिमले गोल गर्न सकेन ।

अर्को इंग्लिस क्लब म्यान्चेष्टर सिटीले भने जित हात पारेको छ । सिटीले होफेनहेमलाई २–१ ले पराजित र्गयो । होफेनहेमले लिएको पहिलो मिनेटको अग्रता उल्टाउँदै सिटीले दुई गोल गरेको थियो । पहिलो मिनेटमा इशाक बेल्फोडिलले गोल गर्दै होफेनहेमलाई अग्रता दिलाएका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७५ बुधबार ००:००  २ : ५५ बजे