३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

आइसीसी विश्व ट्वान्टी–२० एसिया छनोटमा नेपालले म्यानमारको सामना गर्दै



एजेन्सी ।
क्षेत्रीय छनोटको विजेता बन्दै दोस्रो चरण प्रवेश गर्ने लक्ष्यका साथ मलेसिया भ्रमणमा निस्किएको नेपालले बुधबार म्यानमार विरुद्ध खेल्दै आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ यात्राको सुरुआत गर्दै छ ।
नेपाल र म्यानमार बीचको खेल नेपाली समय अनुसार मध्याह्न सवा १२ बजेदेखि सुरु हुने छ । मलेसिया भ्रमणमा निस्कनुअघि कप्तान पारस खड्काले आफूहरू समूहविजेताकै हैसियतमा अघिल्लो चरण प्रवेश गर्ने बताएका थिए ।
प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को छनोटमा नेपाल, आयोजक मलेसिया, थाइल्यान्ड, भुटान, चीन, म्यानमार र सिंगापुर छन । नेपालले भने दोस्रो खेल अक्टोबर ६ मा मलेसियासँग खेल्नेछ । त्यस्तै नेपालले अक्टोबर ७ मा थाइल्यान्ड, अक्टोबर ९ मा भुटान, अक्टोबर १० मा चीन र अक्टोबर १२ मा सिंगापुरसँग खेल्नेछ ।
समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान पक्का गर्नेछन । युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन । अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन ।

प्रकाशित मिति : १७ आश्विन २०७५ बुधबार ००:००  २ : ५८ बजे