१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुका किसान व्यवसायिक पशुपालन तर्फ आकर्षित



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा व्यवसायिक रुपमा गाई, भैँसी, बाख्रा, बँगुर लगायत पशुपालन गर्नेको सँख्या बढ्दै गएको छ । कतिपय युवाहरु खाडीका मुलुकबाट फर्केर व्यवसायीक रुपमा पशुपालनमा लागेपनि बास्तविक किसानले सरकारी निकायबाट पाउने सेवा सुविधा पर्याप्त नभएको गुनासो छ । बुद्धभूमि कृषि तथा पशुपालन फार्म कपिलवस्तुका सञ्चालक जंग प्रसाद खनालले राज्यले किसानलाई समयमै अनुदान तथा कृषकमूखी कार्यक्रम ल्याउन माग गर्नुभयो ।
ब्यवसायिक पशुपालनले यहाँका किसानको जीवनस्तरमा परिर्वतन ल्याएको छ । ब्यवसायिक पशुपालन स्वरोजगारका लागी गतिलो माध्यम बनेको पशुबिज्ञहरु बताउँछन् । पशुसेवा कार्यालयका अनुसार कपिलवस्तुमा घरपालुवा पशुपंक्षीको फार्म संख्या १ हजार ५० रहेको छ ।

सहुलियत ऋण सुविधा, मलखाद, सिंचाइ, कृषि औजार, विउविजन, बिमा लगायतका सुविधालाई थप प्रभावकारी बनाउन सकिएमा यहाँको पशु ब्यवसाय अझै राम्रो हुने बिज्ञहरु बताउँछन् ।

प्रकाशित मिति : १७ आश्विन २०७५ बुधबार ००:००  ३ : २२ बजे