३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

च्याम्पियन्स लिगः मेस्सी चम्किएपछि टोटनह्याममाथि बार्सिलोनाको ४ गोल



मायादेवी अनलाइन ।

ला लिगाा लिग लिडर बार्सिलोनाले  च्याम्पियन्स लिगमा शानदार जित हासिल गरेको छ । लिग अन्र्तग बुधबार राति भएको समूह चरणको खेलमा बार्सिलोनाले टोटनह्यामलाई चार दुई गोल अन्तरले पराजित गर्यो । टोटनह्यामघरको मैदानमा भएको खेलमा लियोनल मेसीले दुई गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै फिलिप कोउन्टिन्होको गोलबाट अग्रता लिएको बार्सिलोनाको लागि २८ औं मिनेटमा इभान रेकिटीचले गोल गरी अग्रता दोब्बर पारे । ८२ हजार दर्शकमाझ भएको पहिलो हाफमा दुई शुन्यले नतिजा आफ्नो पक्षमा पारेको बार्सिलोनामाथि  ५२ औं मिनेटमा टोटनह्यामघरका हेरी केनले गोल गर्दै खेललाई रोचक बनाए । चर त्यसको ४ मिनेटपछि ५६औं मिनेटमा मेसीले व्यक्तिगत दोश्रो तथा टिमका लागि बार्साका लागि तेस्रो गोल भयो ।

गोलको वर्षा भएको खेलको ६६ औं मिनेटमा टोटनह्यामका लामिलाले गोल गर्दै खेल तीन दुईको अवस्थामा पुग्यो । त्यसपछि रोचक बनेको खेलमा ९० औं मिनेटमा पुनः मेसीले बार्साको पोष्टमा गोल थपेपछि जित सुनिश्चित भएको थियो ।  जसका कारण ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले सहज जित हात पार्यो ।

प्रकाशित मिति : १८ आश्विन २०७५ बिहिबार ००:००  १ : ३३ बजे