३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

च्याम्पियन्स लिगमा नेइमारको ह्याट्रिक



मायादेवी अनलाइन ।

विश्वकै महंगा खेलाडी ब्राजिलियन स्टार जुनियर नेइमार चम्किएपछि फ्रेन्च क्लब पीएसजीले च्याम्पियन्स लिग फुटबलमा गयराति रेड स्टार बेलग्रेडलाई ६ एक गोल अन्तरले हराएको छ । पीएसजीको जितमा नेइमारले ह्याट्रिक गरेका छन् ।

घरेलु मैदानमा समूह चरणको दोस्रो खेलमा पीएसजीले खेलको २२ मिनेटमै २ शुन्य गोलको अन्तर निकालिसकेको थियो । जसमा दुवै गोल दुबै गोल नेइमारले गरेका थिए ।

त्यसपछि ३७ औं मिनेटमा काभानीले पीएसजीका लागि तेस्रो गोल गरेपछि पहिलो हाफमा पिएसजीले ४ शुन्य गोलको अग्रता कायम गरेको थियो । त्यसपछि ४१ औं मिनेटमा डी मारियाले चौथो गोल थपे ।

पहिलो हाफमा नै चार गोल गरेको पीएसजीले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल खान पुग्यो । ७० औं मिनेटमा केलियन एम्बाप्पेले पाँचौ गोल गरे ।

७४ औं मिनेटमा पाहुना टिमले एक गोल फर्काए । रेड स्टारका लागि मारिनले एक गोल फर्काए । ८१ औं मिनेटमा नेइमारले व्यक्तिगत ह्याट्रिक पूरा गरे ।

जारी सिजनको फ्रेन्च लिग र च्याम्यिन्स लिगमा पिएसजीले उत्कृष्ट प्रदर्शन गरिरहेको छ भने नेइमारले उत्कृष्ट खेल पस्केका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७५ बिहिबार ००:००  १ : ४५ बजे