४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

च्याम्पियन्स लिग – लिभरपुले भोग्यो पहिलो नमिठो हार 



चन्द्रकान्त न्यौपाने, मायादेवी अनलाइन ।

बार्सिलोना र पिएसजीले किर्तिमानी जित गरेको राति  अर्को बलियो टोली लिभरपुल भने निरास बन्न पुगेके छ । च्याम्पियन्स लिग अन्तर्गत विहिबार राति भएको खेलमा लिभरपुल नापोलीसंग एक शुन्य गोलले पराजित हुँदै निरास बन्न पुगेको हो । पहिलो खेलमा पिएसजीलाई पराजित गरेर सनसनी मच्याएको लिभरपुल गएराति भने इटालियन क्लब नापोलीसंग नसोचेकोहार खान बाध्य भयो ।

unn.prixa.net

समूह सी अन्तर्गत भएको रोमाञ्चक खेलमा नापोलीले अन्तिम समयमा गोल गर्न सफल भयो । खेलको ९० औं मिनेटमा नापोलीका इन्सिग्नीले गोल गरेपछि त्यही गोल जितको लागि काफी भयो । जारी प्रतियोगिताको समूह चरणमा लिभरपूलको यो पहिलो हार हो ।

यता एथ्लेटिको मड्रिडले क्लब ब्रुगलाई तीन एकले हरायो भने बोरुसिया डर्टमुन्डले मोनाकोलाई तीन शुन्यले पराजित गर्यो । इन्टर मिलनाले पिएसभीलाई दुई एकले हराउँदा पोर्टोले गालातासेरेलाई एक शून्यले पाखा लगायो ।

प्रकाशित मिति : १८ आश्विन २०७५ बिहिबार ००:००  ३ : १४ बजे