१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अकवरे खुर्सानीवाट राम्रो आम्दानी



शिवलाल सुवेदी, गुल्मी ।
गुल्मीका एक किसानले अकवरे खुर्सानीवाट राम्रो आम्दानी गर्न सफल भएका छन । जिल्लाको धुर्कोट गाउँपालिका ५ धनार्जीका हुमलाल भण्डारीले अकवरे खुर्सानी खेतीवाट राम्रो आम्दानी गर्नुभएको हो ।
गतबर्षदेखि शुरु गरेको ब्यवसायकि अकवरे खुर्सानीवाट उहाले वार्षिक ३ लाखभन्दा बढी आम्दानी गदै आएको बताउनुभयो । अघिल्लो बर्ष १ रोपनी जग्गामा मात्र लगाएको अकवरे खुर्सानीवाट राम्रो कमाई भएपछि उहाले यसवर्ष रोपनी बढी जग्गामा अकवरे खुर्सानी लगाउनुभएको हो ।
काचाँे खुर्सानी प्रतिकेजी १ सय ५० रुपैयामा विक्रि हुने गरेको छ ।’ अन्य खेतीभन्दा निकै कम खर्च र मेहनतमा अकवरे खुर्सानीवाट धेरै आम्दानी हुने गरेको उहाको अनुभव रहेको छ । समय–समयमा गोडमेल र पानी दिनुपर्छ, खासै मेहनत पनि नपर्ने भएकाले आफु यस खेती तर्फ आकर्षित भएको बताउनुभयो ।
बजारको समेत कुनै समस्या नरहेको उहाले बताउनुभयो । उहाले उत्पादन गरेको अकवरे खुर्सानी घरवाटै आधाभन्दा बढी विक्रि हुने गरेको छ भने अन्य सदरमुकाम तम्घासमा विक्रि गर्ने गरेका छन ।

प्रकाशित मिति : १८ आश्विन २०७५ बिहिबार ००:००  ३ : ३५ बजे