३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

जिनुवामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता शुरु, सांसद पन्थीद्धारा उद्घाटन



बाबुराम रायमाझी, भलवाड ।
‘समृद्ध नेपाल युवाको निकास, खेलकुद शारीरिक मानसिक र स्वास्थ्यको बिकास’ भन्ने मूल नाराका साथ जिनुवा सोसाइटी एण्ड लिंकन स्पोर्टस वाणगंगा ९ भलवाडको आयोजनामा आजबाट फुटबल प्रतियोगीता शुरु भएको छ ।
बडादशमी २०७५ को पावन अवसरमा आयोजित प्रथम भलवाड कप २०७५ को उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश न. ५ का प्रदेश सांसद विष्णु पन्थीले आजका युवाहरुलाई बिकृति बिसंगती जस्ता कुलतबाट जोगाउन खेलकुदले महत्वपूर्ण भूमिका निभाउने बताउनुभयो ।
खेलाडी राष्ट्रका गहना भएकोले यसतर्फ प्रदेश हुँदै राष्ट्रमा पु–याउन आफ्नो भरपुर सहयोग हुने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । खेलकुदको विकासले समाज र राष्ट्र परिचित हुने उहाले बताउनुभयो ।
बाणगंगा नगरका मेयर मंगल प्रसाद थारुले खेलाडीहरुको प्रतिभाको उजागर गर्ने कार्यमा आफूले नगरबाट सहयोग पु–याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्ला खेलकुद बिकास समिति कपिलवस्तुका अध्यक्ष छवि रेश्मी मगरले कपिलवस्तुबाट खेल क्षेत्रमा राष्ट्रभर चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको जिकिर गर्नुभयो ।
खेलको क्षेत्रका कपिलवस्तु उत्कृष्ट जिल्लामा पर्न सफल भएकोमा खेलाडीहरुलाई पनि नमूना बन्न शुभकमना दिनुभयो । आयोजक जिनुवा स्पोर्टस एण्ड लिंकन सोसाइटी ए र बुद्ध युवा क्लव बैजलपुर बीच भएको आजको पहिलो खेलमा आयोजक जिनुवा स्पोर्टस एण्ड लिंकन सोसाइटी एले जित हात पारेको छ ।
लिंकनले बुद्ध युवा क्लव बैजलपुरलाई शून्यका विरुद्ध ६ गोल गरेको थियो । यस्तै भोलीको खेल दिउँसो नव प्रतिभा युवा क्लव र सगरमाथा वीच हुने आयोजकले जनाएको छ ।
खेलमा प्रथम विजेतालाई ६१ हजार ट्रफी, मेडल, दृतीयलाई ३१ हजार ट्रफी, मेडल रहेको छ खेल यही असोज २८ गते सम्म संचालन हुने छ । फुटवल खेलमा १६ टीमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७५ बिहिबार ००:००  २ : २० बजे