२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

नवप्रभात र प्रगतिशिलको विजयी शुरुवात, आज एक खेल हुने



मायादेवी अनलाइन, कपिलवस्तु ।
वाणगंगा ३ राजापानीमा जारी मुहान खुल्ला जिल्ला स्तरिय नकआउट फुटवल प्रतियोगितामा विहीबार नवप्रभात युवाक्लब ठाकुरापुर र प्रगतिशिल युवा क्लव गोवड्डीहवा विजयी भएका छन् । विहीबार भएको पहिलो खेलमा एनपिसिटीले जेएम् सी भक्तौलीलाइ २– १ गोल अन्तरले पराजित गर्यो ।
एनपिसिटीको जितमा जीतमा आजको म्यान अफ दि म्याच नविन शर्माले दुवै गोल गरे । पहिलो खेलमा खराब प्रदर्शन गरी १ गोलले पछि परेको नवप्रभातले दोश्रो हाफमा भने निकै सुधारिएको प्रदर्शन गरेर १–० का नतिजालाई उल्टाउँदै २ –१ ले पराजित गरेको हो । भक्तौलीको लागि वसन्त छहारीले पहिलो हाफमै गोल गरे पनि जितको लागि त्यो पर्याप्त हुन सकेन ।
दोश्रो हाफमा अन्तिम तिर नवप्रभातका जर्सी नम्बर सातका खेलाडी नविन पोख्रेल रातो कार्य खाँदै बाहिरिए पनि अरु १० जना खेलाडीले अन्तिमसम्म विक्षीबाट गोल हुन दिएनन् र २ –१ ले विजयी भयो । गोल गर्ने दर्जन बढी अवसर पाए पनि भक्तौली गोल गर्न नसकी घर फर्कन बाध्य भयो ।
यस्तै विहीबार नै भएको दोश्रो खेलमा प्रगतिशिल युवा क्लव विजयी भयो । प्रगतिशिलले सशक्त प्रतिद्धन्दी युनाइटेड कपिलवस्तुलाई २ –१ गेलले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमै गोवडेडिहवाले २ गोल गरेको थियो । दोश्रो हाफमा युनाइटेडले १ गोल गरे पनि जित हासिल गर्न भने सकेन । प्रतियोगीता अन्तर्रगत शुक्रबार एक खेल हुने भएको छ । जसमा आयोजक मुहान युवा क्लब र के वाई सी भिड्नेछन ।
सोमबारदेखि शुरु भएको प्रतियोगीता २७ गतेसम्म चल्ने छ । जिल्लाभरका १६ टिमले सहभागिता जनाएको प्रतियोगितामा विजयी हुने टिमले नगद रु ५१ हजार शिल्ड र प्रमण पत्र प्राप्त गर्ने छ भने द्धितीय हुने टिमले ३५ हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट खेल खेल्ने खेलाडीहरुलाई विधागत रुपमा पुरस्कृत गरिने क्लवका अध्यक्ष प्रकाश सेनले बताउनुभयो ।

प्रकाशित मिति : १९ आश्विन २०७५ शुक्रबार ००:००  १ : ०४ बजे