३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

प्रदेश स्तरिय नकआउट क्रिकेट हुँदै, उपाधि जित्नेलाई एक लाख बढी पुरस्कार



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा अहिलेसम्मकै ठूलो धनरासीको प्रदेश स्तरिय नकआउट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । सनराईज सामाजिक विकास मञ्चको आयोनामा हुने प्रतियोगिता कार्तिक ८ गते देखी २० गते सम्म सञ्चालन हुने छ ।
वाणगंगा ८ बोर्डगाउको मायादेवी रंगशालामा हुने प्रतियोगितामा प्रदेशका जो कोही समुह पनि सहभागी हुन सक्ने आयोजक समितिका कार्यक्रम संयोजक माधव पौडेलले जानकारी दिनुभयो ।
प्रतियोगिताबारे जानकारीका लागि भएको पत्रकार सम्मेलनमा बोल्दै वडा नं. ८ का वडा अध्यक्ष गुणनिधी भुसालले प्रतियोगिताले युवाको ब्यक्तीत्व विकासका साथै लागू औषद दुब्र्यवसन रोक्न मद्दत मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले वाणगंगा नगरपालिकाले राष्ट्रिय खेलाडी उत्पादनका लागी सहयोग गर्ने बताउनुभयो । प्रतियोगिातामा सहभागिताका लागी कार्तिक ५ गते सम्म दर्ता गरिसक्नु पर्ने छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार सहित शिल्ड तथा प्रमाणपत्र, द्धितिय हुनेले नगद ५१ ह्जार शिल्ड प्रमाणपत्र, तृतीय हुनेले नगत १५ हजार सहित शिल्ड प्रमाण पत्र र सान्त्वना हुनेले ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : १९ आश्विन २०७५ शुक्रबार ००:००  २ : ३६ बजे