३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

युरोपा लिग : चेल्सी र आर्सनलको जित



एजेन्सी ।
युरोपा लिग अन्तर्गत विहीबार राति भएको खलमा इंग्लिस क्लब चेल्सी र आर्सनल विजयी भएका छन ।
समूह चरणको खेलमा चेल्सीले हंगेरीको भिडीलाई १–० ले हरायो । घरेलु मैदान स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा चेल्सीको जितमा अल्भारो मोराटाको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बनेको खेलको ७० औं मिनेटमा अल्भारो मोराटाले विलियनको पासमा गोल गर्दै चेल्सीलाई जित दिलाएका थिए ।
अर्को इंग्लिस क्लब आर्सनलले अजरबैजानको काराबागलाई ३–० ले हरायो । खेलको चौथो मिनेटमा सोक्राटिस पापास्थाथोपाउलसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।
पहिलो हाफमा सोही गोलको अग्रता बनाएको आर्सनलले ५३औं मिनेटमा अर्को गोल थप्यो । यस पटक इमाइल स्मिथ रोवेले गोल गरे । ७९औं मिनेटमा आर्सनलले तेस्रो गोल र्गयो । अलेक्सजेन्द्रे लाकाजेटीको पासमा माटेओ गेन्डोजीले गोल गर्दै आर्सनलको ३–० को जित दिलाए ।
स्पेनिस क्लब सेभिया भने रसियाको क्रासनोदारसँग पराजित भयो । सेभियाले पहिलो हाफमा लिएको अग्रतामा क्रासनोदारले दुई गोल फर्कायो । ४३औं मिनेटमा नोलिटोले गोल गरेका थिए ।
तर ७२औं मिनेटमा माउरिसियो पिएराले गोल गर्दै खेल बराबरीमा र्पुयाए । ८८औं मिनेटमा टोरनाइक ओक्रियासभिलीले गोल गरेपछि क्रासनोदरले अग्रता लिए । बाँकी समयमा सेभिया खेलमा फर्किन नसक्दा पराजित हुन पुग्यो ।

प्रकाशित मिति : १९ आश्विन २०७५ शुक्रबार ००:००  २ : ४१ बजे