३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मुहान फुटवल : कर्मना युवा क्लब सेमिफाइनलमा, सिउटी स्तब्ध



मायादेवी अनलाइन, कपिलवस्तु ।
कर्मना युवा क्लव वणगंगाा ३ राजापानीमा जारी मुहान खुल्ला जिल्लास्तरिय नकआउट फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
राजापानी खेल मैदानमा शनिबार भएको पहिलो क्वाटर फाइनलमा सिउटी युवा क्लवलाई ३– २ गोल अन्तरले पराजित गरी कर्मनाले सेमिफाइनल यात्रा सुरक्षित गरेको हो । पहिलो हाफमा २ गोल गरेको कर्मनाले खेल सुरु भएको १२ औँ मिनेटमै जर्सी नम्बर ७ का विजय थारुको गोलको मद्यतमा खाता खोलेको थियो । त्यसपछि ४१ मिनेटसम्म दुवै तर्फबाट कुनै गोल हुन सकेन । ४२ मिनेटमा कर्मनाको लागि सुखद रह्यो । जसमा श्याम थापाले गोल गरेपछि अग्रता दोब्बर बन्यो ।
पहिलो हाफमा पछि परेको कर्मनाको लागि ६३ औँ मिनेटमा जर्सी नम्बर १७ का साजन चौधरीले गोल गरे । तर पनि त्यो जितको लागि पर्याप्त भएन । र कर्मनालाई २– मा नतिजा सुम्पियो ।
आज दोश्रो क्वाटर फाइनलको खेल हुदै

प्रतियोगितामा आइतबार दोश्रो क्वाटर फाइनल खेल हुने छ । जसमा बनकट्टी युवा क्लव र मोतिपुर युवा क्लवबीच हुने प्रतियोगिता संयोजक राम सेनले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजयी हुने टिमले नगद रु ५१ हजार शिल्ड र प्रमण पत्र प्राप्त गर्ने छ भने द्धितीय हुने टिमले ३५ हजार शिल्ड र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट खेल खेल्ने खेलाडीहरुलाई विधागत रुपमा पुरस्कृत गरिने क्लवका अध्यक्ष प्रकाश सेनले बताउनु भयो ।

प्रकाशित मिति : २१ आश्विन २०७५ आइतबार ००:००  १ : ४१ बजे