११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

नेकपा कार्यदलले थाल्यो जिल्लामा काम



शिवलाल सुवेदी, गुल्मी ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीकोे कार्यदलले जिल्लामा आफ्नो काम शुरु गरेको छ । प्रदेश कमिटी प्रदेश नं ५ को सर्कुलर अनुसार गठित कार्यदलले जिल्लामा आफ्नो काम शुरुवात गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

शनिवार कार्यदलका सदस्य मधुकृष्ण पन्तको अध्यक्ष्तामा वसेको वैठकले विभिन्न निर्णयहरु गदै आफ्नो कामको शुरुवात गरेको जनाएको छ । आगामी २० दिनभित्र जिल्लाका स्थानीय तहहरुमा पार्टी कमिटीहरु टुङ्गाउने, जनवर्गिय सगंठनहरुको कमिटी विस्तार तथा गठन गर्ने र पार्टीका सम्पती, स्मारकहरुलाई अभिलेखिकरण गर्ने लगायतका कामको शुरुवात गरेको कार्यदलका सदस्य तथा प्रस्तावित जिल्ला सचिव बुद्धि जीसीले जानकारी दिए ।

प्रदेश कमिटी प्रदेश नं ५ को सर्कुलरलाई कार्यान्वयन गर्न गाउँ, नगर, वडा र टोल सम्मका पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिँदै पार्टी एकिकरण पछिको संगठनात्मक, अध्यावधिक पार्टी सदस्यता संख्या, जनवर्गिय संगठनको अवस्था, तत्कालिन दुवै पार्टीको सम्पत्ति विवरण सकंलन गर्ने लगायतका काम शुरु भएका छन सदस्य जिसीले भने‘ जिल्ला कमिटीको टुङ्गो लाग्न केही समय लागेपनि स्थानीय तहका कमिटीहरु र जनवर्गिय सगंठनहरुको टुङ्गो छिट्टै लगाउछौ ।’ उनका अनुसार स्थानीइ तह र सगंठनहरुको टुङ्गो गुल्मीमा पहिलो भयो भन्ने सन्देश दिने गरि काम भएको बताए ।

पत्रकार सम्मेलनमा नेपालीहरुको महानपर्व विजया दशमी, दिपावली र छठ पर्वहरुका अवसरमा सवै वार्ड, गाउँ, नगर कमिटीहरुमा चियापान कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान गर्न समेत निर्देशन गरिएको प्रस्तावित जिल्ला अध्यक्ष तथा कार्यदल सदस्य वालसिह काउछाले बताए । पत्रकार सम्मेलनमा अहिले सरकारले गरेका राम्रा कामहरुको प्रचार प्रसार नभएर विपक्षिहरुले सरकारको भ्रामक प्रचारहरु गरिरहेका छन प्रस्तावित जिल्ला अध्यक्ष काउछाले भने‘ कार्यकर्ताहरुलाई सरकारले गरेका राम्रा कामहरुको प्रचार–प्रसार गर्न निर्देशन समेत गरिएको छ ।’

सदरमुकाम तम्घासमा रहेको मदन आश्रीत स्मृति भवनमा पार्टीको सचिवालय र अर्घाखाची जिपपार्कमा रहेको शहिद स्मृति भवनमा जनवर्गीय संगठनहरुको कार्यालय रहने बताइएको छ । पार्टीको जिल्ला कमिटी १ सय ४५,नगर कमिटी ८१, गाउँ कमिटि ७५ र वडाकमिटी २९ जनाको बन्ने नेकपा गुल्मीले जनाएको छ । नेकपा गुल्मीको कार्यदलमा मधुकृष्ण पन्त, विरवहादुर कार्की, वालसिहं काउछा र वुद्धि जीसी गरी ४ जना रहेका छन ।

प्रकाशित मिति : २२ आश्विन २०७५ सोमबार ००:००  १ : ४५ बजे