२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

लक्षित समुहका लागि परियोजना कार्यक्रम



मनिष कार्की, कपिलवस्तु ।
यशोधरा गाउँपालिकामा लक्षित समुहका लागि जिविकोपार्जन तथा वातावरण सुधार परियोजना कार्यक्रम संचालन गरिएको छ । गाउँपालिका भित्र रहेका गरिव, दलित सिमान्तकृत महिला तथा आर्थिक रुपमा बिपन्न वर्ग,साना किसान एकल महिला, अपाङ्गता भएका व्यक्ति, बिद्यार्थीलाई समेटर परियोजना लागु गरिएको हो । गाउँपालिका स्तरीय अभिमुखीकरण तथा समन्वयात्मक बैठक कार्यक्रममा सो कार्यक्रमबारे जानकारी गराइएको थियो ।
दलित सामाजिक विकास केन्द्रले गरेको कार्यक्रम आयोजनामा युनाइटेड मिशन टु नेपालको परियोजनालाई सहयोग रहेको छ । कार्यक्रममा गाउँपालिकामा संचालन भएको २ वटा परियोजनाको जानकारी गराउदै कार्यक्रम संयोजक राम कुमार महराले प्रस्तुतीकरण गर्नुभएको थियो । दुई वटा कार्यक्रम मध्ये हाम्रो पहुँच परियोजन गाउपालिकाको सवै वडामा लागु हुने र जिविकोपार्जन र वातावरण सुधारद्धारा समुदायकाृे उत्थानशिलता सवलिकरण परियोजना वडा नं. १,२ र ३ मात्र लागु हुने महराले जानकारी दिनुभयो ।
यस्तै गरी परियोजनाले वतावरण, प्राकृतिक श्रोत व्यवस्थापन, जलवायु परिवतन तथा बिपत जोखिम व्यवस्थापन मोडेल सम्वन्धि तालिम जानकारी गराउनुको साथै स्थानिय विकास, निर्णय प्रकियाहरुमा महिला र वालवालिकाहरुको सहभागिता बढनु साथै सार्वजकि सेवा सुविधाहरुमा पहुच अभिबृद्धि हुने दलित सामाजिक विकास केन्द्रका अध्यक्ष राम शरण रैदासले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी यशोधरा गाउपालिका अध्यक्ष गृजेश पाण्डे उपाध्यक्ष कन्यवती उपाध्याय, वडा अध्यक्ष, जिल्ला प्रशासन कार्यलय का प्रशासकीय अधिकृत प्रकाश खनाल, कपिलवस्तु नगरपालिकाका समाजिक अधिकृत पदम श्रेष्ठ गैर सहकारी संस्थाका अध्यक्ष प्रविण श्रीवास्तव युनाइटेड मिशन टु नेपाल का जिविकोपार्जन कार्यक्रम व्यवस्थापक मेल्सन श्रेष्ठ लगायत संघ संस्थाको उपस्थिती रहेको थियो । विन्दावासिनी हरिजनको संचालन र संस्थाका सह सचिव संजय कोरीले स्वागत मन्तव्य रहको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७५ सोमबार ००:००  १ : ५१ बजे