११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

प्रिमियर लिग : म्यानचेष्टर सिटी र लिभरपूल पनि बराबरीमा रोकिए



एजेन्सी ।
प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिने प्रतिस्पर्धामा रहेका म्यानचेष्टर सिटी र लिभरपूलले गोलरहित बराबरीको नतिजा निकाल्दै अंक बाँडेका छन् ।

गय राति बराबरीसँगै लिभरपूल र म्यान्चेष्टर सिटीले समान २०–२० अंक बनाएका छन् । तर गोल अन्तरका आधारमा सिटी शीर्ष स्थानमा छ भने लिभरपूल तेस्रो स्थानमा छ ।

यस्तै चेल्सीले पनि सिजनको अपराजित यात्रा कायम राख्दै शीर्ष स्थानको टोलीसँग अंक बराबरी गरेको छ । चेल्सीले साउथह्याम्टनलाई घरेलु मैद्यानमा ३–० ले पराजित गर्यो । चेल्सीको जितमा इडिन हाजार्ड, रोस बार्कले र अल्भारो मोराटाले गोल गरेका थिए ।
इंग्लिस प्रिमियर लिग फुटबल आइतबार राति भएको खेलमा साउथ ह्याम्पटनमाथि ३–० को जित निकालेको छ ।

८ खेलबाट चेल्सीले २० अंक र्पुयाएको छ । खेल अघि चेल्सी पाँचौं स्थानमा थियो । चेल्सीको जितमा इडन हाजार्ड, रोस ब्रेक्ले र एल्भारो मोराटाले एक–एक गोल गरेका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०७५ सोमबार ००:००  २ : ५९ बजे