२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

‘म सफा गर्छु मेरो नगर’ अभियान झुँगामा (फोटो फिचर सहित)



मायादेवी अनलाइन, कपिलवस्तु ।

गत हप्ता देखि वाणगंगा नगरपालिकाले शुरु गरेको ‘म सफा गर्छु मेरो नगर’ अभियानमा आमसर्वसाधारणको उत्साहजनक सहभागीता देखिएको छ । सरसफाईको माध्यमबाट नगरलाई प्रदेश ५ मा मात्र नभई मूलक मै उदाहरणीय बनाउने उद्देश्यले आयोजना भएको सफाई अभियानमा प्रत्येक वडाबाट नागरिकहरुले भरपुर साथ दिएका छन ।

वाणगंगा वडा नं. २ पिपराको कोठी खोलाबाट शुरु भएको अभियान अहिले प्रत्येक गाउँ गाउँमा प्रवेश गरेको छ । हरेक वडाका नागरिकहरु दैनिकजसो विहानै भेला भएर सडक वरपर रहेका अवरोधहरु हटाउदै सरसफाईमा सरिक भएका हुन । वडाका कुवेरापुर, इट्टाभट्टी लगायतका स्थानको सोमबार विहान सरसफाई गरिएको छ । स्थानीयहरु सरसफाईको लागि आफ्नो घरमा भएका बन्चरो, कुटो, कुँचो, हसिँया हथौडा, डस्टविन बोकेर उत्साहित हुँदै जुटेका छन ।

सोमबार वडा नं. ४ को झुँगाका स्थानीयले टोललाई सफाई गरेका छन । सफाई अभियानमा टोल विकास संस्था, भूपु खानेपानी, रेडक्रस लगायतका प्रतिनिधिको सहभागीता रहेको थियो ।

फोटो फिचर सहित 

प्रकाशित मिति : २२ आश्विन २०७५ सोमबार ००:००  ७ : ५७ बजे