२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

मिलेर कपिलवस्तुको विकास गर्ने जनप्रतिनिधिको सामुहिक प्रतिबद्धता



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको विकासमा सबै तह मिलेर सहकार्य गर्नेमा जिल्ला स्थित जनप्रतिनिधिहरुले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जिल्ला समन्वय समिति कपिलवस्तुले सोमबार तौलिहवामा राखेको बार्षिक समिक्षा गोष्ठमा सहभागी हुदै तीन सरकारका जनप्रतिनिधिले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । जनप्रतिनिधिहरुले जिल्लाको एकिकृत विकासमा सबैको सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ ।
समिक्षा गोष्ठिमा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीयतहका जनप्रतिनिधिको उपस्थिती रहेको थियो । १० स्थानीय तह, ६ प्रदेशसभा र तीन प्रतिनिधिसभा रहेको कपिलवस्तुको विकास पर्यटन, उद्योग र कृषिबाट गर्नुपर्नेमा जनप्रतिनिधिको जोड छ ।
जिल्लाको पूर्वी भेगलाई पर्यटन, कृषि, मध्य भागलाई कृषि र पश्चिम भागलाई औद्योगिक करिडोर बनाउने गरी गोष्ठिमा छलफल भएको प्रदेश सांसद विष्णु पन्थीले जानकारी दिनुभयो ।
कार्यक्रममा १० ओटै स्थानीयतहका जनप्रतिनिधिले आफुले गत बर्ष गरेका विकास निर्माणको प्रगति र आगामी बर्ष गर्ने योजनाको बारेमा प्रस्तुतीकरण गरेको नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका सभापति डिलाराम भुसालले बताउनुभयो ।
सोही अवसरमा सबैका विकास निर्माणका प्रगति विवरण प्रस्तुत गरे पछि जिल्लाको एकिकृत विकास कसरी गर्न सकिन्छ भनेर छलफल भएको भुसालले बताउनुभयो ।

प्रकाशित मिति : २२ आश्विन २०७५ सोमबार ००:००  २ : २७ बजे