१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आयोजक मुहान राजापानीको नकआउट फुटवलको सेमिफाइनलमा, भलवाड कपमा दर्शकको साथ



मायादेवी अनलाइन ।
आयोजक मुहान एफ सी बाणगंगाा ३ राजापानी ३ मा जारी जिल्लास्तरीय मुहानकप फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको तेश्रो क्वाटर फाइनलमा आज नव प्रभात युवा क्लव ठाकुरापुरलााई ४–० गोल अन्तरको फराकिलो अन्तरले पराजित गरी सेमिफाइनल पुगेको हो ।

मुहानको जितमा सनम मल्लले २ तथा, विवेक मल्ल र राजु सेनले एकएक गोल गरे । हिजोको खेलमा २ गोल गरेका सनम मल्ल म्यान अफ दि म्याच घोषित भए । गोल गर्ने केही सुन्दर मौकाको सदुपयोग गर्न नसक्दा ठाकुरापुर पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।

आज वाणगंगाा स्र्पोट्स र वर्गदहवा भीँड्दै
यससंगै सेमिफाइनल पुग्ने ३ टोलीको टुङ्गो लागेको छ । अब अन्तिम सेमिफाइनलिष्ट टोलीको छिनोफानो भने आजकोे खेलबाट हुने छ । अन्तिम सेमिफाइनलको आज खेलमा वाणगंगाा वेलफेयर सोसाइटी र वर्गदशवा युवा क्लव भोली एक आपसमा भीँड्दै छन् । मुहान कप हेर्नको लागि राजापानीमा दैनिकजसो दर्शहरुको बाक्लो सहभागिता छ । खेल सेमिफाइनल र फाइनल नजिक पुग्नै लाग्दा दर्शक पनि आआफ्नो गाउँबाट आफ्नो टोलीलाई समर्थन जनाउन र हुटिङ गर्न चर्को घामको प्रवाह नगरी खेल मैदानमा पुग्ने गरेका प्रतियोगिता संयोजक राम सेनले जानकारी दिनु भयो ।

भलवाड कपमा दर्शकको साथ
वणगंगगा ९ भलवाडमा जारी जिल्लस्तरीउ फुटवलमा आज मुहान एफ सी र आयोजक जिनुवा लिंकन सोसाइटी विजयी भएका छन् । मुहान एफसीले चन्द्रसूर्य बर्गदहवालाई १ – ० झिनो अन्तरले पारजित गरेको हो । त्यस्तै दोश्रो खेलमा आज आयोजक जिनुवाले जनप्रिय युवा क्लव पिपरालाई पराजित गरेको छ ।

उसले टाइब्रेकरमा ४–३ गोलको जित दर्ता गर्यो । निर्धारित र थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइबेकरबाट लिइएको हो । प्रतियोगिता अन्तर्गत भोली पनि २ खेल हुँदै छन् । पहिलो खेलमा दिउसो १ बजे आयोजक जिनवा लिंकन ए र सनराइज युवा क्लव मोतीपुर तथा दोश्रो खेलमा साँझ ४ बजे मुहान एफसी र नवप्रतिभा तिनैयाँ आमने सामने गर्ने छन् । भलवाड कपमा दर्शकको उल्लेख्य साथ रहेको छ । खेल हेर्नको लागि चर्को घाममा पनि दर्शकहरु हरेक दिन खेल मैदान पुगेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७५ मंगलबार ००:००  १२ : ५५ बजे