१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाईपालनबाट पचास हजार आम्दानी



पाल्पा ।
रामपुर नगरपालिका–७, मलेङ्गका नारायणप्रसाद भट्टराईले रु एक लाख ऋण लिई शुरु गर्नुभएको गाईपालनबाट अहिले मासिक ४० देखि ५० हजारसम्म आम्दानी गरिरहनु भएको छ ।
अहिले भट्टराईको फार्ममा १३ गाई छन् । दैनिक ४० लिटर दूध उत्पादन हुन्छ । दुई वर्ष मलेसिया, तीन वर्ष युनाइटेड अरब इमिरेटस् (युएइ) तथा एक वर्ष कतारमा काम गर्नु भएका भट्टराई गाईपालनको कमाइले सन्तुष्ट हुनुहुन्छ ।
पाँच वर्ष अघि अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाबाट उहाँले रु एक लाख ऋण लिनुभएको हो । उहाँले एउटा उन्नत जातको गाई खरीद गरी गाईपालनमा हात हाल्नु भएको हो ।
भट्टराईले रु १८ हजारमा गाई खरीद गरी गाईपालन थाल्नु भएको हो । दूध बेचेको कमाइले फार्म निर्माण गर्नुभएको हो । दूध बिक्रीको कमाइबाट उहाँले छोराछोरी पढाउँदै आउनुभएको छ । भट्टराईले प्रविणता प्रमाणपत्र तह तथा उहाँका श्रीमती यमुना न्यौपानेले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । (रासस)

प्रकाशित मिति : २३ आश्विन २०७५ मंगलबार ००:००  १ : २९ बजे