१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राजापानीमा जारी मुहान कपको सेमिफाइनल समिकरण पुरा, कुन कुन टिम भए छनौट ?



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
वाणगंगा ३ राजापानीमा जारी मुहान कप जिल्ला स्तरीय खेलको सेमिफाइनल समिकरण पुरा भएको छ । राजापानी खेलमैदानमा वाणगंगाा स्पोट्स एण्ड वेलफेयर सोसाइटी र प्रगतिशिल युवा क्लव गोवड्डिहवा बीच प्रतिस्पर्धा भएसंगै प्रतियोगिताका अन्तिम ४ मा पुग्ने टोलीको टुङ्गो लागेको हो । मंगलबारको खेलमा विजयी हुँदै वाणगंगाा सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा वाणगंगााले गोवड्डीहवालाई २–० ले पराजित गरेको हो ।
वाणगंगालाई विजयी बनाउन जर्सी नम्बर १४ का रोशन सेन र जर्सी नम्बर १० का किशोर मल्लले एक एक गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । पहिलो हाफमा लय गुमाएको गोबड्डीहवाले दोश्रो हाफमा राम्रो खेल खेले पनि पाएका अवसर सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो । यसअघिका खेलमा विजयी हुँदै मुहान एफसी, कर्मना युवा क्लव र सनराइज युवा क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको सेमिफाइनल खेल बुधबारबाट सुरु हुने छ । राजापानी खेल मैदानमा बुधबार आयोजक मुहान एफसी र कर्मना युवा क्लव दिउँसो साढे ३ बजे भिड्ने छन् भने अर्को सेमिफाइनल खेलमा पर्सी सनराईज युवा क्लव मोतिपुर र बाणगंगा स्पेर्टस एण्ड वेलफेयर सोसाइटी बीच प्रतिस्पर्धा हुने छ । ५१ हजार, शिल्ड मेडल र प्रमाण पत्र पुरस्कार राशी रहेकोे खेलको फाइनल भने आगामी २७ गते हुने क्लवका अध्यक्ष प्रकाश सेनले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ आश्विन २०७५ मंगलबार ००:००  २ : ०३ बजे