२ असार २०८१, शनिबार | Sat Jun 15 2024

लघुकथा – “ग्रीनसिग्नल”



सन्तोष न्यौपाने, बेल्जियम ।
सदा झै रीमा आज पनि घरमै बसी । सहर को मध्य बिन्दुमा रहेको ठूलो बिल्डिङको एउटा तलामा बस्थि उ। लगभग पुरै सहर देखिने गरी बनाइएको उक्त भवनको अन्तिम १५ औं तल्ला उसको अपार्टमेन्ट थियो । उक्त अपार्टमेन्ट मा रीमा र उसको छिमेकी बस्थे । उ १५ ए मा बस्थि भने छिमेकी १५ बि ।
रिमाको श्रीमान सहरमै प्रतिष्ठित कम्पिनका जागीरे थिए । राम्रै कम्पनी भएकाले पनि उनीहरूको जीवनशैली अरु भन्दा भिन्न देखिन्थ्यो । उनीहरूका २ बालबच्चा थिए । दुवै १५ उमेर काटिसकेका । रीमा पारिवारिक कारण देखाउँदै जागिर छाडेर केही समय देखि घरमै बस्दै आएकी थिई। छोराछोरी र श्रीमान एउटै समय मा घर देखि निस्कन्थे र घर आइपुग्थे । सबै राम्रै चलेको थियो ।

रीमा रुपमा जती सुन्दर थिइ त्यति नै उसको हाउभाउ सुन्दर थिए । एकपटक उ संग बोलेपछि सबै लोभिन्थे।अझ उसको सारीरिक बनोट ले जोकोहि पनि लोभिन्थे।उमेरले ३६ काटेपनि पहिलोपटक देख्नेले २५र२६ की भनेर जिस्क्याउथे। समयसँगै छिमेकी संग रिमाको हेलमेल बढदै गएको थियो । छिमेकी मा स्टेफन र उसकी श्रीमती थिई । श्रीमती जागीरे अनी स्टेफन बेरोजगारी। स्टेफन र रिमाको सम्बन्ध झाँगिदै गएको थियो ।

एकदिन स्टेफन ले रिमालाई सेक्सको प्रस्ताव राख्यो । यो कुरामा रीमा हार खान सकिन । किनकि रीमा उसको श्रीमान संग भन्दा स्टेफन संग नजिक थिइ । स्टेफन आफ्नो प्रस्तावमा सफल बन्यो । यो प्रक्रिया चलेको केही महिनामा रिमाको पोल खुल्यो । उसको श्रीमान समयभन्दा केही छिटो घर आउँदा उसको यो हर्कत सबै देखें।पारिवारिक कलह बढ्यो । बाहिर पनि गाईगुँई सुनिन थाल्यो । उसलाई देख्नेहरु रीमाकै कुरा निकाल्थे ।

अब उसलाई असह्य भयो।कम्पनीलाई भनेर उसको परिवारलाई उक्त सहर छाडेर अर्को सहर बसाई सराई गरे।जहां नेपाली कम थिए भने सानो सहरमा रमाइलो बस्ती थियो । त्यसपछि रीमा पनि जागीरे बनी । सबै कुरो मिल्यो । अहिले पुन उनीहरू पुरानै सहर जहां रिमाले ग्रिन सिग्नल दिएकी थिई त्यही आएर बसेका छन् । केवल फरक थियो, हिजो अपार्टमेन्टमा बसेका उनीहरू आज आफ्नै घर किने ।

सबै ठीक भय पनि रीमा र उसकी श्रीमान लाइ अहिले पनि त्यही स्थितिले खोताली रहन्छ । बाहिर राम्रै देखिएपनि धेरैको नजरमा उसकी श्रीमती गिरेको देखिन्छे।तर पनि बिर्सन प्रयास गर्दैछन् त्यो ग्रीन सिग्नललाई !

प्रकाशित मिति : २४ आश्विन २०७५ बुधबार ००:००  १२ : ३७ बजे