१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

नेपालले ११ बलमै चीनलाई १० विकेटले हरायो (फोटो फिचर)



मयादेवी अनलाइन ।

आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगितामा नेपालले चाइनाविरुद्ध २ ओभर नहुँदै जित हासिल गरेको छ  । मलेसियाको बायुमास ओभल मैदानमा आज भएको खेलमा चाइनाले दिएको २७ रनको लक्ष्य नेपालले ११ बलमै विनाविकेट पुरा गर्यो ।

नेपालका विनोद भण्डारीले २४ तथा प्रदीप ऐरी ४ रनमा नट आउट रहे । टस जितेर पहिला फिल्डिङ गरेको नेपालले चीनलाई १३ ओभरमा २६ रनमा अल आउट गरेको थियो ।

नेपालले दोस्रो ओभरमै पूरा गर्‍यो चीनले दिएको लक्ष्य

नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मी र ललित नारायण राजवंंशीले समान ३–३ विकेट लिए । चीनका ८ व्याट्समेन शुन्य रनमा आउट भए । एक जना ब्याट्सम्यानभने रन आउट भएका थिए । चीनका होङजियान याङले सर्वा्धिक ११ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । दोस्रो ठूलो रन डेन्जिमाले ५ रन जोडेका थिए ।

unn.prixa.net

त्यसअघि बुधबार मलेसियाको बायुमास ओभलमा टस जितेको नेपालले पहिले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको चीन १३ ओभरमा २६ रनमा अलआउट भयो। चीनका लागि ओपनर जियाङ हाङले सबैभन्दा बढी ११ रन जोडे। उनले २७ बलमा १ चौका प्रहार गरे। अन्य १० ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

नेपालका लागि सन्दीप लामिछाने, बसन्त रेग्मी र ललितनारायण राजवंशीले ३(३ विकेट लिए। सन्दीपले ४ ओभरमा १ मेडन राखेर ४ रन खर्चिए भने समान ओभर बलिङ गरेका बसन्तले पनि १ मेडन फ्याँक्दा ५ रन दिए। राजवंशीले ३ ओभरमा १ मेडन राख्दा १२ रन खर्चिए।

unn.prixa.net

नेपालले अब शुक्रबार सिंगापुरसँग खेल्नेछ। नेपालका लागि सिंगापुरविरुद्धको खेल उपाधि भिडन्त जस्तै हुनेछ।मंगलबार भुटानमाथि १ सय १७ रनको जित निकालेको नेपाल पहिलो चरणको २ खेल बाँकी रहदै दोस्रो चरणमा पुगेको थियो। नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेट, दोस्रो खेलमा आयोजक मलेसियालाई पनि ८ विकेट र तेस्रो खेलमा थाइल्यान्डलाई १ सय ४० रनले पराजित गरेको थियो।

लगातार चार जित हात पार्दै नेपालले समूहको शीर्ष स्थानमा छ । एसिया उपक्षेत्रीय छनोट प्रतियोगिताको च्याम्पियन बन्दै दोस्रो चरणको छनोट खेल्ने लक्ष्य लिएको नेपालले चीनलाई हराएको खण्डमा च्याम्पियन बन्ने सम्भावना रहनेछ ।समूहमा नेपालसँगै सिंगापुरको पनि समान आठ अंक छ । तर रनरेटमा पछि रहँदै सिंगापुर दोस्रो स्थानमा छ । नेपालले अन्तिम खेलमा सिंगापुरसँग खेल्न बाँकी छ।

प्रकाशित मिति : २४ आश्विन २०७५ बुधबार ००:००  ३ : ४१ बजे