१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भष्ट्रचार मुलुकको लागि डरलाग्दो रोग : सभापति न्यौपाने



मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेश ५ का अर्थ पर्यटन तथा उद्योग विकास समितिका सभापति दधिराम न्यौपानेले भष्ट्रचार मुलुकको लागि डरलाग्दो रोग बनेर देखा परेको बताउनुभएको छ । नागरिकले लोकतन्त्र, गणतन्त्र ल्याएर संविधान बनाई सके पनि भष्ट्रचार दिन प्रतिदिन मैलाउदै जादा सोचेजस्तो विकास हुन नसकेको उहाले जिकिर गर्नुभयो । विकास निर्माणमा ढिलाई, प्रशासनिक काममा सुस्तता, अनियमितता जस्ता समस्या नहटाई देश समृद्ध हुन नसक्ने भन्दै सरकार यसमा सचेत बन्नुपर्ने बताउनुभयो ।
वाणगंगा अटो ट्रेडर्स प्रालि वाणगंगाले बुधबार बैरियामा राखेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो । तीन तहका सरकारमा जनप्रतिनिधि आइसके पनि कर्मचारीतन्त्र अझै हट्न नसक्दा नागरिकले सोचेजस्तो सेवा नपाएको उहाले जिकिर गर्नुभयो ।
वाणगंगा अटो टे«डर्स प्रालिले आजबाट कपिलवस्तुको आधिकारीक विक्रेता भएर टिभिएस कम्पनीका मोटरसाइकल र अटो रिक्सा वितरणको औपचारिक रुपमा शुभारम्भ गरेको छ । आज सोही कम्पनीको कारोबार उद्घाटन गर्दै उहाले अटोरिक्साले बढ्दो बेरोजगारलाई अन्त्य गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।
सोही अवसरमा प्रतिनिधिसभा सदस्य अतहर कमाल, प्रदेश सांसद माला गोतामे, नेकपा कपिलवस्तु संयोजक झविलाल पोख्रेल, जगदम्बा मोटर पार्टसका कार्यकारी निर्देशक अखिल गुप्ता, लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवाली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छवि रेश्मी मगर, नेपाल बुद्धिजीवि संगठनका केन्द्रिय सचिव द्रोणराज सुवेदी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा वाणगंगा अटो टे«डर्सका अध्यक्ष उमानाथ पौडेलले प्रालिले बुधबारबाट टिभिएस मोटरसाइकल र अटोरिक्साको विक्रीवितरण औपचारीक रुपमा शुरु गरेको बताउनुभयो । कम्पनीले चाडपर्व विशेष आकर्षण सुविधा दिएको भन्दै इच्छुक व्यक्तिलाई खरिद गरी मौकाको फाइदा उठाउन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २४ आश्विन २०७५ बुधबार ००:००  ३ : १२ बजे