२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

फुटबल : मुहान एफसी फाइनलमा प्रवेश, भलवाड कपमा न्यू युग्मा र वेलफेयर विजयी



मायादेवी अनलाइन, कपिलवस्तु ।
आयोजक मुहान एफसी वाणगंगा ३ राजापानीमा जारी मुहान जिल्ला स्तरीय नक आउट फुटवलको फाइनलमा प्रवेश गरेको छ । राजापानी खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा कर्मेश्वर युवा क्लव कर्मनालाई ४–० गोलले स्तब्ध गराउँदै मुहान फाइनलमा पुगेको हो ।


सुरु देखि नै आक्रामक खेल पस्केको मुहानले पहिलो हाफमै २ गोल गर्न सफल भयो भने थप २ गोल दोश्रो हाफमा गर्यो । खेल सुरु भएको चौथो मिनेटमा मुहानको लागि जर्सी नम्बर १० का खेलाडी सञ्जु सेनले पहिलो गोल गरे भने १७ औँ मिनेटमा फेरि सेनले नै अर्को गोल थप्न सफल भए । दोश्रो गोल उनले उत्कृष्ट हेड मार्फत गरेको थिए । त्यसपछि पहिलो हाफ २–० मा सकियो ।


पहिलो हाफमा २ –० ले पछि परेको अवस्थामा आक्रामक रुपमा उत्रेको कर्मनाले गोल गर्ने प्रयास गरे पनि गोल गर्न सकेन । उल्टै २७ मिनेटमा मुहानका टिम क्याप्टेन सामथ्र्य मल्लले गरेको कडा प्रहारले सोझै जाली चुमेपछि मुहान ३ –० ले अघि रह्यो । खेल अवधिभर कर्मनालाई दबाबमा राखेको मुहानको गोल गर्ने क्रम रोकिएन । टिमको लागि चौथो गाले गर्ने क्रममा दोश्रो हाफको ३२ औँ मिनेटमा अजय सेनले अर्को गोल गरे र कर्मनाले नमिठो पराजय भोग्यो । बुधबारको खेलमा मुहानका टिम क्याप्टेन सामथ्र्य मल्ल म्यान अफ दि म्याच घोषणा भएका थिए । बुधबारको पहिलो सेमिफाइनलमा नेपाल तरुण दल कपिलवस्तुका सभापति शक्ति सिंह ठकुरी प्रमुख अतिथि रहनु भएको थियो ।


अब मुहानले २७ गते दोश्रो सेमिफाइनलको विजेता संग प्रतिस्पर्धा गर्ने छ । दोश्रो सेमिफाइनल विहीबार साढे ३ बजे हुने छ । जसमा सनराईज युवा क्लव मोतिपुर र बाणगंगा स्पेर्टस एण्ड वेलफेयर सोसाइटी भिड्ने छन् । ५१ हजार, शिल्ड मेडल र प्रमाण पत्र पुरस्कार राशी रहेकोे खेलको फाइनल भने आगामी २७ गते हुने क्लवका अध्यक्ष प्रकाश सेनले जानकारी दिनुभयो ।
भलवाड कप युग्मा र बेलफेयर विजयी

वाणगंगा ९ भलवाडमा जारी भलवाड कप फुटवलमा बुधबार न्यू युग्मा क्लब र वाणगंगा स्पोर्टस एण्ड वेलफेयर सोसाइटी विजयी भएका छन् । स्थानीय खेल मैदानमा बुधबार भएको खेलमा न्यू युग्माले युनाइटेड कपिवस्तुलाई टाइब्रेकरमा ३–० गोलले पराजित गर्यो । निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरीमा टुङिगए पछि खेलको निर्णय टाइब्रेकबाट भएको हो । टाइब्रेकरमा न्यू युग्मा भाग्यमानी सावित भयो ।
त्यस्तै अर्को खेलमा वाणगंगाा वेलफेयर विजयी भएको छ । वाणगंगााले जिनवा बी लाई ४ – ० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । खेल अवधिभर जिनवालाई दबाबमा राखेको वाणगंगाले उत्कृष्ट खेल खेल्दै शानदार जित हासिल गर्यो ।
यस संगै भलवाड कपमा सेमफाइनल समिकरण पुरा भएको छ । सेमिफाइनलमा जिनवा ए र न्यू युग्मा तथा वाणगंगाा र मुहान एफसी प्रवेश गरेका छन् ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा २६ गते जिनवा ए र न्यू युग्मा भीँड्ने छन् भने २७ गते वाणगंगाा र मुहान एफसी भीँड्ने छन् । फाइनल खेल भने २८ गते हुने छ ।

प्रकाशित मिति : २५ आश्विन २०७५ बिहिबार ००:००  १ : १२ बजे