१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

क्यानाडामा बस्ने नेपालीको दशैँ कोशेली : ४ सय १५ वर्षे पुरानो मालाश्री धुन (भिडियो सहित)



मायादेवी अनलाइन ।
क्यानाडामा नेपाली सांगीतिक कर्म गरिरहेको हिमालयन भाइव्सले बुधवार मालश्री धूनको भिडियो सार्वजनिक गरेको छ । टोरन्टोलाई केन्द्रविन्दु बनाएर भाइव्समा आवद्ध कलाकारले घटस्थापनाको भोलिपल्ट एउटा नेपाली सांगीतिक ब्याण्डले क्यानाडाबाट ‘दसैं कोशेली’ पस्किएको हो । हिन्दु धर्मावलम्वीले घर–घरमा जमरा राख्दै गर्दा क्यानाडाबाट नयाँपन सुनिने मालश्री धुन भिडियोसहित सार्वजनिक गरिएको हो । यसलाई दसैं मनाउने धेरैभन्दा धेरै नेपाली समक्ष पुर्याउने उद्देश्य भाइब्सले बोको छ ।
दशैंका बेला नेपालीका घर घरमा गुञ्जिने मालश्रीलाई मौलिक नेपाली लोक धुन मानि“दै आएको छ । यसको झण्डै ४ सय १५ बर्ष पुरानो इतिहास छ । मालश्री धुन र शरद ऋतुबीच अन्र्तसम्बन्ध रहने संगीत पारखीहरुले बताउँदै आएका छन् ।
दसैंमा क्यानाडाबाट सांगीतिक कोशेली पस्केरै छोड्ने पूर्व योजना बमोजिम भाइव्समा आवद्ध कलाकारले दुई साताअघि टोरन्टोकै एक स्टुडियोमा धुन रेकर्ड गराएका थिए । उनीहरुले प्रयोग गर्ने आधाजसो बाजा नेपालबाट ल्याइएका हुन् । भिडियो चाहिँ गत शुक्रवार सुट गरिएको हो ।
‘दसैं धुन’ भनेर समेत परिचित मालश्रीको यो संस्करणका लागि महर्जनले एउटा पुरानो नेवारी बाजा बजाएका छन् । यस्तै, हरि लम्सालले हारमोनियम, उत्तम माकाजु र संविदा खनालले मादल, प्रदीप बाँस्कोटाले बाँसुरी, रञ्जना सैंजुले सितार, किशोर राजभण्डारीले गिटार, सुरज शर्मा र मनोज राजभण्डारीले लिड गिटार बजाएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७५ बिहिबार ००:००  २ : ३४ बजे