१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बडादशैंको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिने



काठमाण्डौ ।
नेपालीहरुको महान चाड बडा दशैंको आज तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधाना गरिँदैछ । बडादशैंमा घटस्थापना गरेपश्चात नवदूर्गाका ९ वटा स्वरूपहरूको पूजाअर्चना गर्ने परम्परा सदियौँ देखि चलिआएको छ ।
नवरात्रका नौ दिनको पहिलो दिनमा शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिनमा सिद्धिदात्री गरि नौ वटै स्वरुपहरुलालाई क्रमश पूजा अर्चना गर्ने गरिन्छ ।
दशैंको तेस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरुको बाक्लो भीड लागेको छ । राजधानीभित्र भद्काली, गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू उल्लेख्य बढेका छन् ।
उपत्यकाबासी मात्र नभई छिमेकी तथा अन्य जिल्लाहरुबाट पनि पूजा अर्चनाका लागि देविपिठहरुमा धाउने दर्शनार्थिहरु पाईन्छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७५ शुक्रबार ००:००  १ : २० बजे