२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

नाटकीय जितमा मुहानकपको उपाधि आयोजकलाई, वाणगंगा टाइब्रेकरमा ४–२ ले निरास (फोटोफिचर)



चन्द्रकान्त न्यौँपाने, मायादेवी अनलाइन ।

बाणगंगा स्पोर्टस् तथा वेलफेयर सोसाइटीलाई टाइब्रेकरमा स्तब्ध गराउँदै राजापानीमा जारी मुहान कप जिल्ला स्तरीय फुटवलको उपाधी आयोजक मुहान एफसीले हात पारेको छ । राजापानी खेल मैदानमा करिब २ हजार दर्शकमाझ भएको अति रोमाञ्चक खेलमा मुहानले नाटकीय जित हासिल गरेको हो ।

खेल सुरु भएको मध्यभागमा बाणगंगाले रोसन सेनको गोलबाट अग्रता लियो । त्यसपछि केही दबाबमा देखिएको मुहानले पहिलो हाफको अन्त्य सम्म गोल गर्ने प्रयत्न गरे पनि सकेन र पहिलो हाफ १–० मा सकियो ।

उपाधि उचाल्ने लक्ष्य लिएर दोश्रो हाफमा आक्रामक रुपमा प्रस्तुत भएका दुवै टिमले एकपछि अर्को गर्दै गोलका अवसर बनाए पनि गोल हुन नसकेको अवस्थामा बाणगंगााका आशिष विकले दोश्रो हाफको मध्यतिर अर्को गोल थपेपछि पुरै खेलको नतिजा बाणगंगाको पक्षमा देखिएको थियो ।

यसबेला खेल २–० को स्थितिमा थियो । घरेलु मैदानमा च्याम्पियन बन्ने सपना एक प्रकारले सकिएको अवस्थामा मुहानका टिम म्यानेजर अर्विन मल्लले खेलको रणनीति बदल्दै खेलाडी परिवर्तन गरेपछि खेलले नयाँ मोड लियो । खेल सकिन करिब ५ मिनेट रहेको अवस्थामा मुहानका जर्सी नम्बरका ९का खेलाडी विवेक मल्लले प्रहार गरेको बल गोलपोष्टको बारमा ठाक्किँदै भित्र छिरेर बाहिर निस्कियो ।

त्यसलाई रेफ्रीले गोलको मान्यता दिएपछि केही विवादजस्तो देखियो । बल माथि बारमा लागेर गोलपोष्टको तलको बाउन्ड्रि भित्र टस भएर फेरि बाहिरिएको थियो । त्यसपछि पनि गर या मरमा एकपछि अर्को प्रहार गरेको मुहानको लागि जर्सी नम्बर १० का खेलाडी सञ्जु सेनले थप गरिएको ३ मिनेटको अन्तिम अवस्थामा गोल गरेपछि खेलले नाटकीय मोड लियो ।

साँझ परिसकेको अवस्थामा थप समय असम्भव भएकाले रेफ्री र टिम क्याप्टेनबीच टाइब्रेकरमा जाने निर्णय भयो । त्यसपछि खेलेको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जुन मुहानको लागि भाग्यमानि सावित भयो ।

 

पहिलो बल प्रहार गर्न गएका बाणगंगाका उत्कृष्ट खेलाडी रोशन सेनको पहिलो प्रहार पोष्ट माथिबाट गयो । मुहानको पहिलो प्रहार साझै गोलमा परिणत भयो । त्यसपछि वाणगंगाको दोश्रो प्रहारलाई मुहानका गोल किपरले उत्कृष्ट बचाउ गरे । तेश्रो र चौथो बल गोलमा परिणत भए पनि मुहानका बाँकी चार खेलाडीले पेनाल्टी बललाई जाली चुमाउँदा खेल मुहानले ४–० को नतिजामा आफ्नो पक्षमा पार्न सफल भएको हो ।

यसअघिल्लो दिन नै मुहानले भलवाड कपमा बाणगंगालाई सेमिफाइनलमा २–० ले स्तब्ध बनाएको थियो । त्यो हारको बदला लिने मौका भए पनि टाइब्रेकर वाणगंगाको लागि अभिषत सिद्द्ध भयो र उपविजेता हुँदै ३५ हजारमा चित्त बुझाउन बाध्य भयो । पुरस्कार वितरण समारोह रातिसम्म चलेको थियो ।

विजेता वन्दै नगद रु ५१ ह्जार शिल्ड, मेडल र प्रमाण पत्र पायो भने उपविजेता वाणगंगााले नगद ३५ हजार शिल्ड, मेडल र प्रमाण पत्र पाएको थियो । सुरु देखि नै उत्कृष्ट खेल खेल्दै आएका मुहानका जर्सी नम्बर १० का खेलाडी प्रतियोगिताको म्यान फ दि म्याच घोषणा भए । विजयी खेलाडी र टिमलाई खेलकुद विकास समितिका अध्यक्ष एवम् समापन समारोहका प्रमुख अतिथि छवि रेश्मीले शिल्ड, ट्रफी,मेडल र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

प्रदेशको लागि २२ खेलाडीलाई बन्द प्रशिक्षण -रेश्मी

समारोहमा बोल्दै प्रमुख अतिथि रेश्मीले सम्पन्न प्रतियोगिताले जिल्लाबाट उत्कृष्ट २२ खेलाडी छनोटमा सहयोग पुगेको भन्दै उनीहरुलाई अब राष्ट्रियस्तरको प्रशिक्षणमा सहभागि गराउने बताउनु भयो । यो प्रतियोगिताबाट प्रदेशको लागि कपिलवस्तु ११ टिमको छनोट गरिने पनि उहाँले बताउनु भयो । यसको लागि जिल्ला खेलकुद विकास समितिले बिषेश भूमिका निर्वाहा गर्ने रेश्मीको भनाइ छ ।

खेलकुदले युवालाई दुव्र्यसनी लगायतका कुलतबाट रोकी समाज रुपान्तरणमा लाग्ने मद्धत गर्ने भन्दै रेश्मीले यस्ता प्रतियोगिता जिल्लभर व्यापक रुपमा हुनुपर्ने बताउनु भयो । खेलबाट राष्ट्र र समाजको पहिचान माथि पुग्नु पर्ने भन्दै स्थानीय, प्रदेश र केन्द्र सरकारले खेलकुदमा लगानी बढाउनु पर्ने उहाँले बताउनु भयो ।

मुहान युवा क्लवका अध्यक्ष प्रकाश सेनको अध्यक्षता, रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपानेको सञ्चालन समापन समारोहमा विशिष्ट अतिथिहरु कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल,प्रथम पुरस्कार सौजन्यकर्ता राजापानी सामुदायिक वनका अध्यक्ष ढाकाराम अधिकारी, उद्योग संघका पूर्व अध्यक्ष एवम् वर्तमान वरिष्ठ सदस्य देवीप्रसाद पाण्डे, उद्योग वाणिज्य संघका कोषाध्यक्ष टोपनारायण बेलबासे, उद्योग संघका सदस्य रनेन्द्र सेन, प्यावसनका केन्द्रिय सदस्य सर्वेन्द्रदेव खनाल, जिल्ला खेलकुद विकास समितिका सदस्य पदम सेन, जेसीसका अध्यक्ष सुन्दर पाण्डे, समाजसेवी मदन शाही, पत्रकार अशोक पौडेल लगायतको उपस्थिति थियो । कार्यक्रममा प्रतियोगितालाई सम्पन्न गर्नको लागि आर्थिक र भौतिक सहयोग गर्ने सबैलाई सम्मान पत्रले सम्मानित गरिएको थियो ।

नेपालीहरुको महान पर्व विजयादशमी, दिपावली तथा छठको अवसर पारेर आयोजित प्रतियोगिता गत असोज १५ गतेदेखि सुरु भएको थियो । जसमा जिल्लाभरका १६ टिमले सहभागिता जनाएका थिए ।

 

 

 

भलवाड कप

भलवाड कपको उपाधिका लागि मुहा एफसी र न्यू युग्माबीच प्रतिस्पर्धा हुँदैछ । ६१ ह्जार शिल्ड मेडल र प्रमाण पत्र रहेको उपाधि भीडन्त  दिउसो ३ बजेपछि सुरु हुने छ ।

हिजो भएको अन्तिम खेलमा न्यू युग्माले आयोजक जिनवा लिंकन ए लाई पराजित गरी मुहानसंगको भीडन्त पक्का गरेको हो । निर्धारित समयमा दुवै तर्फबाट २–२ गोल भएपछि खेलको निर्णय टाइब्रेकबाट भयो । जसमा न्यू युग्माले बाजी मार्यो । यसअघि भएको सेमिफाइनलमा वमाणगंगाा स्पोर्टस एण्ड वेलफेयरलार्य पराजित गरी मुहान एफसी उपाधि नजिक पुगेको हो ।

प्रकाशित मिति : २८ आश्विन २०७५ आइतबार ००:००  ३ : ४५ बजे