२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

भलवाडकपको उपाधि मुहान एफसीको पोल्टामा, न्यू युग्मा २–० गोलले पराजित



बाबुराम रायमाझी, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा ९ भलवाडमा सम्पन्न जिनवा लिंकन जिल्ला स्तरीय फुटवलको उपाधि मुहान एफसीले हात पारेको छ । आइतबार भएको उपाधि भीडन्तमा वाणगंगा ४ झुँगाको मुहान एफसीले न्यू युग्मा क्लवलाई २–० ले पराजित गरेको हो । मुहानको जितमा सोनम मल्ल र सञ्जु सेनले दोश्रो हाफमा गोल गरे ।
पहिलो हाफ गोल रहित बारबरीमा सकिए पनि दोश्रो हाफमा भने मुहानले न्यू युग्मालाई स्तब्ध तुल्यायो । खेल अवधिभर विपक्षीलाई दबाबमा राखेको मुहानले यो उपाधिसंगै एक दिनको फरकमा २ जिल्ला स्तरीय उपाधि हात पार्न सफल भएको छ ।
जित संगै मुहानले नगद रु ६१ हजार शिल्ड मेडल र पञ्माण पत्र पञप्त गर्न सफल भएको छ । उपाधि भीडन्तमा १ गोल गरेका मुहानका जर्सी नम्बर १० का खेलाडी सन्जु सेन उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै मुहानकै दिपक राना उत्कृष्ट गोल किपर हुँदा न्यू युग्माका सन्दिप गाहा वेष्ट टुर्नामेन्ट प्लेयर घोषित भए ।

प्रकाशित मिति : २८ आश्विन २०७५ आइतबार ००:००  २ : ५० बजे